काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण
बागलुङ। काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याएको थियो ।
नागरिकलाई गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत अस्पताल बनाएको हो । पालिकामा अहिलेसम्म स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था थिएनन् । स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।
पालिकाका सात वडामा सात स्वास्थ्यचौकी तथा चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा एक–एकवटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । टाढाका गाउँलेलाई लक्षित गरी रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।
गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल रोगको उपचार पनि गाउँमै गर्न आधारभूत अस्पताल निर्माण प्रारम्भ भएको उनको भनाइ छ । सोह्र महिनामा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले २०८१ साउनदेखि काम सुरु गरको थियो । करिब छ महिनाअगावै काम सकिएको अध्यक्ष थापाले जानकारी दिए ।
उनले भने, “हरेक नागरिकले सहज रूपमा स्वास्थ्योपचार गर्न पाउनुपर्छ । त्यसैले पालिकाको विभिन्न वडामा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर पहिलेदेखि नै सेवा दिँदै आएका छौँ, अब एउटा अस्पताल पनि आवश्यक देखिएको हुँदा वडा नं ७ मा पाँच शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ, केही समयमै सेवा सञ्चालन हुनेछ ।”
काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले यहाँ स्वास्थ्यचौकी मात्र रहेकाले आधारभूत अस्पताल निर्माण गरेको बताए । अब स्वास्थ्यचौकीको सेवा आधारभूत अस्पतालमै गाभिने र सेवा थप गरेर प्रवाह गरिने छ । पछिल्लो पाँच वर्षमा काठेखोलाले वडा नं ८ कादेसमा स्वास्थ्य एकाइ, वडा नं १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नं ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नं ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको छ ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया