Techie IT
  • शनिबार, भदौ २८, २०८२ / Saturday, September 13, 2025
गृहपृष्ठऔषधि तथा उपकरणप्रधानमन्त्री कार्की आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पतालमा

प्रधानमन्त्री कार्की आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पतालमा


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की जेन–जी आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न राष्ट्रिय ट्रमा सेन्टरमा पुगेकी छन् ।

ट्रमा सेन्टरमा पुगेर उनले घाइतेहरूको अवस्था बुझ्नुका साथै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिन् ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!