Techie IT
  • शुक्रबार, भदौ २७, २०८२ / Friday, September 12, 2025
गृहपृष्ठमुख्य समाचारजेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो


काठमाडौं । जेन–जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेका अनुसार ज्यान गुमाउनेको कुल संख्या ५१ पुगेको हो।

जसमध्ये तीन जना प्रहरी छन्। त्यसबाहेक २१ जना प्रदर्शनकारी, १८ जना अन्य, ९ जना कैदीबन्दी छन्।

जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।

तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

घाइतेहरू चार सयभन्दा बढी छन्। बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

शुक्रबारदेखि अन्य भौतिक संरचनाको विवरण पनि आउने डिआइजी घिमिरेले बताए।



तपाईको प्रतिक्रिया

error: Content is protected !!