बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल

काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिन अपिल गरेको छ ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेलद्वारा आज जारी विज्ञप्तिमा ‘जेनजी’ले सञ्चालन गरेको आन्दोलन र त्यसपछि भएका विभिन्न हिंसात्मक गतिविधिले बालबालिकालाई नकारात्मक मानसिक असर परिरहेकाले बालकेन्द्रित भएर अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगलगायत संस्थालाई आग्रह पनि गरिएको छ ।
आन्दोलनमा भएको मानवीय क्षति, मानव अधिकारको उल्लङ्घन, सरकारी तथा निजी सम्पत्ति, उद्योग, सञ्चार गृह, सङ्घसंस्थाका कार्यालय, विद्यालयमा आगजनी, तोडफोड, लुटपाट जस्ता गतिविधि हुनाका साथै विभिन्न अपराधको सजाय भोेगिरहेका १३ हजार व्यक्ति जेलबाट बाहिर निस्कनु जस्ता घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समग्र घटनाको उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीमाथि कारबाही गर्न सिजपले माग गरेको छ ।
“जस्तोसुकै असहज परिस्थितिमा पनि सुरक्षित बाँच्ने, संरक्षण हुन पाउने बालबालिकाको अधिकार हो । सञ्चारमाध्यममा प्रकाशित प्रसारित विभिन्न हिंसात्मक घटनाक्रममा बालबालिका विद्यालय पोसाकमा नै स्वयंको संलग्नता हुनु, अभिभावकहरू नै सडकमा उत्रनु, बालबालिका घाइते र मृत्यु हुनुलगायत समाचारले बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानलाई चिन्तित बनाएको छ”, विज्ञप्तिमा भनिएको छ, “वर्तमान अवस्थामा विद्यालय बन्द भएका छन्, कतिपय विद्यालय जलेका पनि छन् । बालबालिकाका कलिलो मानसिकतामा हजारौँ प्रश्नका लहर उठेको छ । मानसिक स्वास्थ्यमा नै समस्या पर्ने अवस्था छ । बाल संरक्षण, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन भन्ने अवधारणालाई समेत जोखिममा पारेको देखिएको छ ।”
सबै जोखिमहरूबाट आफू र आफ्ना बालबालिकालाई जोगाउँदै अपाङ्गता भएका, गर्भवती तथा सुत्केरी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, जोखिममा परेका, रोजगारीका अवसर गुमाएका बाबुआमाका छोराछोरी, गाउँघर, देशबाहिर रहेका अभिभावकका बालबालिकालाई विशेष ध्यान दिन, सहजता र सुरक्षामा ध्यान दिँदै सकारात्मक सन्देश मात्र प्रवाह गर्न, बालमैत्री वातावरण सिर्जना तथा बालबालिकालाई समय दिन आग्रह गरिएको छ ।
बाल अधिकार उल्लङ्घनका घटनाहरू र जोखिममा पर्नसक्ने अवस्थामा तत्काल नजिकका सुरक्षाकर्मी र बाल ‘हेल्पलाइन’ सेवा १०९८ मा खबर गर्न पनि आग्रह गरिएको छ । साथै आन्दोलनरत जेनजी पुस्ताले भ्रष्टाचार र अनियमितताविरुद्ध उठाएका मागहरूलाई पूरा गर्न नेपालको संविधानभित्रै रहेर लोकतन्त्र, गणतन्त्र तथा प्राप्त उपलब्धिहरूलाई जोगाउँदै राजनीतिक निकास निकाल्न पनि अपिल गरिएको छ । यसबीचमा बालबालिकाको राष्ट्रिय पर्वका रुपमा मानाइने राष्ट्रिय बाल दिवस भदौ २९ गते पनि ओझेलमा परेकामा सिजपले चिन्ता व्यक्त गरेको छ ।
ताजा अपडेट
- जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
- बालबालिकाको स्वास्थ्य र संरक्षणमा विशेष ध्यान दिन सिजपको अपिल
- कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया