चीनले निजामती अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा स्तरोन्नति गर्ने

काठमाडौँ । चीन सरकारले निजामती कर्मचारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ ।
एक हप्तासम्म चिनियाँ सरकारको प्रतिनिधिमण्डलले दुई हप्तासम्म अस्पतालमा बसी सम्भाव्य अध्ययन गरेर अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा स्तरोन्नति गर्ने भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले चीन सरकारले अस्पताललाई ‘स्टेट अफ आर्ट बिल्डिङ’ का रूपमा ‘तेस्रो फेज’का लागि थप दुई सय शय्या बनाउने जानकारी दिए ।
यसअघि चीन सरकारले अस्पतालको ‘पहिलो फेज’ अन्तर्गत १३२ शय्या र ‘दोस्रो फेज’ अन्तर्गत ३०० शय्या बनाएको थियो ।
उनका अनुसार चीन सरकारकोे नेपालमा भवन निर्माण परियोजना हेर्ने टोलीले सम्भाव्य अध्ययन गरी भर्खरै फर्किएका छन् । “नेपाल र चीन सरकारबीच कर्मचारी अस्पताललाई स्तरोन्नति गर्ने सम्झौता भइसकेको छ ।
अहिले चिनियाँ टोली सम्भाव्यता अध्ययन गर्न आएको थियो । अध्ययनमा चिनियाँ टोलीले अस्पताल विस्तार गर्न आवश्यक छ भनेर प्रतिवेदन बनाइसकेको छ,” उनले भने, “चीन सरकारले नै निजामती अस्पतालाई विशिष्टीकृत सेवासहितको अस्पताल र शैक्षिक कार्यक्रमको पनि बढाउनुपर्दछ भनेर नै स्तरोन्नति गर्न थालेको हो ।”
उनले चिनियाँ टोलीले चीनमा गएर प्रतिवेदन बुझाएलगत्तै भवन निर्माणको काम अगाडि बढ्ने बताए । “अस्पताल खुला ठाउँमा व्यवस्थित र उपचार सेवा राम्रो भएकाले चीन सरकारले अस्पतालको स्तरोन्नति गरिदिने भएको छ,” उनले भने, “नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार नै अबको एक वर्षभित्र निर्माणको काम सुरु हुन्छ । स्टेट अफ आर्ट बिल्डिङ बन्ने छ ।”
दुई सय शय्याको अत्याधुनिक भवन अहिले अस्पताल प्रशासनको रहेको भवन भत्काएर बन्ने छ । नयाँ अत्याधुनिक भवन बनेपछि ५०० शय्याको अस्पताल बन्ने छ । सरकारले अस्पताललाई विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । अस्पताललाई सुरुदेखि नै चीन सरकारले निर्माण गर्दै आइरहेको छ ।
नयाँ अत्याधुनिक भवनमा एमआरआई, नयाँ सिटीस्क्यान खरिद राखिनाका साथै उच्च प्रविधि जडान गरिने कार्यकारी निर्देशक डा रेग्मीले जानकारी दिए ।
अस्पतालमा अहिले ४०० जना बहिरङ्ग सेवाको क्षमता भए पनि एक हजार जना बिरामीको उपचार गर्न आउने गरेको उनले बताए । अस्पतालमा मुटु, क्यान्सरजस्ता रोगको विशिष्टीकृत विशेषज्ञद्वारा उपचार गरिन्छ ।
अस्पतालमा मुटुको उपचारका लागि ‘क्याथल्याब’को सेवा सुरु तयारी गरेको उनले बताए । यो वर्षभरिमा क्याथल्याब स्थापना गरेर आगामी वैशाखदेखि क्याथल्याब सञ्चालन गर्ने बताए । “प्रेसर भएर मुटुमा असर परेका, मुटुको भल्ब बन्द भएको बेला ‘क्याथल्याब’ सेवाबाट उपचार गरिन्छ, धेरै मुटुका बिरामीलाई क्याथल्याबबाट उपचार गरिन्छ । क्याथल्याबबाट नहुनेलाई शल्यक्रियाबाट उपचार गरिन्छ,” उनले भने ।
यसैगरी, कार्यकारी निर्देशक डा रेग्मीले क्यान्सरको सेवालाई ‘ब्राकीथेरापी’ सेवा पनि सुरु गर्ने तयारी गरेको छ । “रेडिसनको उपकरण शरीरमा नै राखेर विकिरणद्वारा क्यान्सरको उपचार गर्ने प्रविधि हो,” उनले भने, “यसले क्यान्सर उपचारमा राम्रो छ ।”
कार्यकारी निर्देशक डा रेग्मीले अस्पताललाई ‘पूर्ण डिजिटिलाइजेसन’मा लैजानका लागि यस वर्ष आधार तयार गर्ने र अर्को वर्ष कार्यान्वयनमा लैजान जानकारी दिए। “बिरामीको प्रयोगशाला रिपोर्ट बोकेर हिँड्नुपर्ने अन्त्य गर्ने गरिरहेका छौँ । बिरामीको मोबाइलमा रिपोर्टको जानकारी आउने छ,” उनले भने, “त्यसपछि बिरामी चिकित्सक जाने र चिकित्सकले आफ्नो कम्युटरमा आफैँ हेर्नेछन् ।”
यसैगरी, अस्पतालले महिलाको आङ खस्ने र महिलाको पिसाब चुहिने समस्याको उपचारका लागि राष्ट्रिय केन्द्र (रेफरल अस्पताल)का रूपमा विकास गर्ने थालिएको उनको भनाइ छ । “जनशक्ति तालिम दिएर र प्रविधिबाट उपचार गर्ने ती महिलाका समस्याको उपचार निःशुल्क गर्ने तयारीमा छौँ,” उनले भने ।
सरकारी अस्पतालमध्ये यस अस्पतालले मात्र सङ्क्रामक रोगको अनुवांशिक अध्ययन हुने गरेको उनले बताए ।
यस्तै, अस्पतालले प्रतिष्ठान बनाउने तयारी गरेको छ । अहिले प्रतिष्ठान नभएर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सम्बन्धन लिएर चिकित्साका कक्षा सञ्चालन गरिरहेको छ । अस्पतालमा अहिले दैनिक एक हजार बिरामी उपचारका लागि आउने गर्दछन् ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया