सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग
सिरहा । सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् । उनीहरूले सोमबार अस्पताल परिसरमा भेला भएर सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक गरिनुपर्नेलगायत मागसहित अस्पताल प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ दिँदै १९ बुँदे मागपत्र बुझाएका हुन् ।
अस्पताल प्रशासनलाई पटकपटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले नसुनेका कारणले बाध्य भएर विरोधमा उत्रनुपरेको सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले बताए । “हामीले विगतदेखि अस्पताल सुधारका लागि पटकपटक अस्पताल प्रशासनलाई ध्यानाकर्षण गरायौँ”, उनले भने, “तर मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका अध्यक्षले अस्पतालको गतिविधिमा अनियमितता, बिरामीले पाउनुपर्ने सेवा सुविधा, औषधि खरिद र वितरणमा कैफियत रोकिएन । सेवाग्राहीको गुनासोमात्र निरन्तर आइरह्यो ।” आफूहरूको माग सम्बोधन नभए तीन दिनपछि अझ सशक्त विरोधका कार्यक्रम सार्वजनिक गरिने उहाँले जानकारी दिए।
मागपत्रमा पछिल्लो तीन आर्थिक वर्षमा अस्पतालबाट खरिद गरिएका औषधिको हिसाब, बिरामीलाई वितरण भएको औषधिको विवरण, म्याद सकिएका औषधि, खरिद गरिएका प्रयोगशालाका सामानको हिसाब विवरण सार्वजनिक गर्न आग्रह गरिएको छ ।
त्यसैगरी, आमा सुरक्षा कार्यक्रम, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)मार्फत सेवा लिएका बिरामीको विवरण र भएको खर्च, अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको नामावली र नियुक्तिसँग सम्बन्धित कागजात, अस्पतालका विभिन्न उपकरण खरिद बिक्रीमा रकम हिनामिना भएको जनाउँदै हरहिसाब मागिएको छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको तलबभत्ता हरेक महिना दिने व्यवस्था गर्नुपर्ने, अस्पतालमा कार्यरत हरेक कर्मचारीको ड्रेस कोडको व्यवस्था हुनुपर्ने, सरसफाइ तथा सम्पूर्ण कर्मचारीको नामावली र समयतालिकासहित सूचनापाटीमा टाँस्नुपर्र्ने माग गरेका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ४ वैशाखको राति अस्पताल अनुगमन गरेर फर्किएको चौथो दिन स्थानीय युवाहरूले अस्पताल सुधारको माग गर्दै तीनदिने अल्टिमेटमसहित मागपत्र बुझाएका हुन् । मुख्यमन्त्रीले अनुगमनका नाममा अस्पतालको भौतिक पूर्वाधार, रजिस्ट्रारलगायत सम्बन्धित कागजातमात्र हेरेर फर्किएको गुनासो युवाहरूले गरेका छन् ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया