‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति २०८२’ आज सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवनयापन गर्न सक्षम हुन भन्ने उद्देश्यसहित स्वास्थ्य नीति सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य नीतिमा छ उद्देश्य, २६ वटा नीति तथा रणनीति रहेका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईले जानकारी दिए। प्रदेश सरकारको गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य नीति स्वीकृत गरेको थियो ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको उक्त स्वास्थ्य नीति आज वेबसाइट र मन्त्रालयको सामाजिक सञ्जाल फेसबुक पेजमा राखिएको सूचना अधिकारी राईले बताए ।
उनका अनुसार स्वास्थ्य नीतिमा प्रदेशमा सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाका लागि पर्याप्त र व्यवस्थित पूर्वाधार नहुनु, प्रदेश तहका अस्पतालबाट कतिपय सेवाहरू गुणस्तरीय रूपमा प्रवाह हुन नसक्नु, स्वास्थ्य क्षेत्रको आवश्यकताअनुसार पर्याप्त जनशक्तिको दरबन्दी नहुनु, उपलब्ध जनशक्तिको उचित व्यवस्थापन हुन नसक्नु, स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार पर्याप्त र उचित लगानी हुन नसक्नुलगायत समस्या उल्लेख गरिएको छ ।
त्यस्तै, विशेषज्ञ चिकित्सकीय सेवा र सघन उपचार सेवा विस्तार हुन नसक्नु, पाँच वर्षमुनिका एक तिहाइ बालबालिकामा रक्तअल्पता र प्रजनन उमेरका महिलामा न्यून पोषणको समस्या व्याप्त हुनु, क्षयरोग, कुष्ठरोग, उपेक्षित उष्णप्रदेशीय रोग तथा कीटजन्य रोगको सङ्क्रमणदर प्रदेशमा उच्च हुनु मुख्य समस्याका रूपमा रहेका छन् ।
स्वास्थ्य नीतिको लक्ष्य ‘स्वस्थ मानव पुँजी, समृद्ध प्रदेश’ रहेको मन्त्रालयका सूचना अधिकारी राईले जानकारी दिए । प्रदेशभित्रका विद्यमान, सम्भावित, उदीयमान, पुनःउदीयमान र स्वास्थ्य चुनौतीहरू समाधान गर्न प्रदेश स्वास्थ्य नीति बनाइएको उनले बताए ।
राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०२०) अनुसार कोशी प्रदेशमा मानसिक स्वास्थ्य समस्या अन्य प्रदेशको तुलनामा उच्च रहेको पाइएको छ । उक्त सर्वेक्षणका अनुसार मानसिक रोगको व्यापकता १३ दशमलव ९५, किशोरावस्थामा मानसिक रोग ११ दशमलव ४५, मद्यपानको लतका कारण छ दशमलव ५५, लागुऔषधको दुव्र्यसनका कारण शून्य दशमलव ४५ र आत्महत्याको सोचको व्यापकता १० दशमलव ६५ रहेको छ ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया