बयालपाटा प्रादेशिक अस्पतालः प्रदेश सरकारद्वारा कर्मचारी नियुक्त
कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएको अछामको बयालपाटा अस्पतालका लागि कर्मचारी नियुक्त गरेको छ ।
न्याय हेल्थ नेपालले संचालन गरेको बयालपाटा अस्पताललाई आफ्नो मातहतमा ल्याएको प्रदेश सरकारले केही कर्मचारी नियुक्त गरेको हो, भने केहीको प्रक्रिया जारी छ ।
प्रदेश सरकारले अस्पताल व्यवस्थापन गर्न संचालन तथा व्यवस्थापन गर्न गठन आदेश ल्याई मन्त्रीपरीषद्बाट अस्थायी दरबन्दी स्वीकृत गरी सो प्रक्रिया अगाडी बढाएको हो ।
गठन आदेशमा व्यवस्था भए अनुसार प्रदेश सरकारले सो अस्पतालमै कार्यरत कर्मचारीहरुबाट आन्तरीक प्रतिस्पर्धा गराई ६५ जना कर्मचारी नियुक्त गरेको छ ।
सामाजिक विकास मन्त्रालयले सिफारिस गरेको सुचिमा मेडीकल अधिकृत, मेडीकल ल्याब टेक्नोलोजिष्ट, सर्भिलेन्स अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट फार्मेशी साहायक, ल्याब टेक्निसियन, रेडीयोग्राफर, एनेस्थेटीक साहायक कम्प्युटर अपरेटर, अ हे व, अ न मी, कोल्डचेन साहायक, हलुका सवारी चालक, सरसफाईकर्मि, सुरक्षागार्ड र कार्यालय सहयोगीहरु नियुक्त गरेको छ ।
प्रदेश सरकारले ल्याएको अस्पतालको गठन आदेश अनुसार आन्तरीक प्रतिस्पर्धाबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत जनशक्तिहरु व्यवस्थापन गर्नुपर्ने छ । सो अनुसार नै आन्तरीक तर्फको कर्मचारी भर्ना प्रक्रिया सकिएको र खुला प्रतिस्पर्धाको लागि विज्ञापन गर्ने तयारी भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अस्पताल निर्देशक नियुक्त गर्ने तयारी
बलयपाटा प्रादेशिक अस्पताल संचालन तथा व्यवस्थापन गठन आदेशमा अस्पताल संचालनको लागि कार्यकारी निर्देशकको व्यवस्था गरिएको छ ।
गठन आदेशमा आवेदकहरु मध्येबाट छनोट गरेको व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीपरिषद्ले नियुक्त गर्ने उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश सरकारले तत्कालिन बयालपाटा अस्पतालका मेडीकल निर्देशक डा. मन्दिप पाठकलाई बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशक तोक्ने तयारी गरेको छ ।
डा. पाठक अर्थोपेडीक सर्जन हुन् । प्रदेश सरकारको मन्त्रीपरीषद् बैठकले कार्यकारी निर्देशक नियुक्त गर्ने बताइएको छ ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया