बयालपाटा प्रादेशिक अस्पतालः प्रदेश सरकारद्वारा कर्मचारी नियुक्त
कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएको अछामको बयालपाटा अस्पतालका लागि कर्मचारी नियुक्त गरेको छ ।
न्याय हेल्थ नेपालले संचालन गरेको बयालपाटा अस्पताललाई आफ्नो मातहतमा ल्याएको प्रदेश सरकारले केही कर्मचारी नियुक्त गरेको हो, भने केहीको प्रक्रिया जारी छ ।
प्रदेश सरकारले अस्पताल व्यवस्थापन गर्न संचालन तथा व्यवस्थापन गर्न गठन आदेश ल्याई मन्त्रीपरीषद्बाट अस्थायी दरबन्दी स्वीकृत गरी सो प्रक्रिया अगाडी बढाएको हो ।
गठन आदेशमा व्यवस्था भए अनुसार प्रदेश सरकारले सो अस्पतालमै कार्यरत कर्मचारीहरुबाट आन्तरीक प्रतिस्पर्धा गराई ६५ जना कर्मचारी नियुक्त गरेको छ ।
सामाजिक विकास मन्त्रालयले सिफारिस गरेको सुचिमा मेडीकल अधिकृत, मेडीकल ल्याब टेक्नोलोजिष्ट, सर्भिलेन्स अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट फार्मेशी साहायक, ल्याब टेक्निसियन, रेडीयोग्राफर, एनेस्थेटीक साहायक कम्प्युटर अपरेटर, अ हे व, अ न मी, कोल्डचेन साहायक, हलुका सवारी चालक, सरसफाईकर्मि, सुरक्षागार्ड र कार्यालय सहयोगीहरु नियुक्त गरेको छ ।
प्रदेश सरकारले ल्याएको अस्पतालको गठन आदेश अनुसार आन्तरीक प्रतिस्पर्धाबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत जनशक्तिहरु व्यवस्थापन गर्नुपर्ने छ । सो अनुसार नै आन्तरीक तर्फको कर्मचारी भर्ना प्रक्रिया सकिएको र खुला प्रतिस्पर्धाको लागि विज्ञापन गर्ने तयारी भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अस्पताल निर्देशक नियुक्त गर्ने तयारी
बलयपाटा प्रादेशिक अस्पताल संचालन तथा व्यवस्थापन गठन आदेशमा अस्पताल संचालनको लागि कार्यकारी निर्देशकको व्यवस्था गरिएको छ ।
गठन आदेशमा आवेदकहरु मध्येबाट छनोट गरेको व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीपरिषद्ले नियुक्त गर्ने उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश सरकारले तत्कालिन बयालपाटा अस्पतालका मेडीकल निर्देशक डा. मन्दिप पाठकलाई बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशक तोक्ने तयारी गरेको छ ।
डा. पाठक अर्थोपेडीक सर्जन हुन् । प्रदेश सरकारको मन्त्रीपरीषद् बैठकले कार्यकारी निर्देशक नियुक्त गर्ने बताइएको छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया