Techie IT
  • शुक्रबार, भदौ २७, २०८२ / Friday, September 12, 2025
गृहपृष्ठमुख्य समाचारराष्ट्रिय फरेन्सिक सम्मेलन आयोजना हुँदै

राष्ट्रिय फरेन्सिक सम्मेलन आयोजना हुँदै


काठमाडौं । नेपालको फरेन्सिक चिकित्सा क्षेत्रमा क्रियाशील संस्था ‘मेडिको–लिगल सोसाइटी अफ नेपाल’ (मेलिसन) ले आगामी आइतबार र सोमबार (भदौ १ र २ गते) काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

सम्मेलनको विषयवस्तु ‘न्याय र सार्वजनिक स्वास्थ्यका लागि फरेन्सिक चिकित्सा प्रणालीको सुदृढीकरण’ रहने उपाध्यक्ष डा। सिर्जना कुँवरले जानकारी दिइन् ।

दुई दिने कार्यक्रममा देशभरका फरेन्सिक चिकित्सकसँगै भारत र श्रीलंकाका विज्ञहरूको पनि सहभागिता रहनेछ ।

सम्मेलनको उद्घाटन स्वास्थ्य सचिव डा. विकास देवकोटाले गर्नेछन् भने विशेष अतिथि नेपाल प्रहरीका आइजीपी दिपक थापा रहनेछन् ।

कार्यक्रमको पहिलो दिन उद्घाटन सत्रपछि वैज्ञानिक तथा शैक्षिक प्रस्तुतिहरू हुनेछन् । सहभागी विदेशी विज्ञहरूले आफ्ना मुलुकका फरेन्सिक प्रणाली र अनुभव प्रस्तुत गर्ने डा। कुँवरले बताइन् ।

दोस्रो दिन अन्तर्राष्ट्रिय रेडक्रस समितिले ‘डिजास्टरमा मृत शरीर व्यवस्थापन’ विषयमा छलफल गर्नेछ । यसमा बेवारिसे र बेपत्ता व्यक्तिहरूको पहिचान, फर्म भर्ने प्रक्रिया र फरेन्सिक प्रमाणको व्यवस्थापनबारे प्रशिक्षण दिइनेछ ।

मेलिसनका करिब ६० सदस्यसहित करिब १०० जनाको सहभागिता रहने सम्मेलनमा न्यायिक प्रमाण सुदृढीकरण, स्वास्थ्य प्रणालीमा फरेन्सिकको भूमिका र आगामी सुधारका उपायबारे छलफल हुने आयोजकले जनाएको छ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!