दैनिक हिड्नुका फाइदाहरू के के हुन् ?
हिड्नु स्वास्थ्यका लागि धेरै फाइदा जनक हुन्छ । यो एउटा एरोबिक अभ्यास पनि हो । एक अध्ययनमा अनुसार नहिड्नेभन्दा हिड्ने मानिसको शरीरमा बोसो कम भएको पाइएको थियो । हिड्दा शरीरमा रगत जम्न पाउँदैंन र मुटु रोग पनि लाग्न पाउँदैंन । तपाईको जोर्नी वा शरीरको कुनै तल्लो भागमा पीडा भएमा हिड्नु निकै उत्तम मानिन्छ । तपाईँको शरीर मोटो छ भने त्यसका लागि पनि यो उपयुक्त उपचार जस्तै हो ।
हिड्ने जस्तै हल्का दौडदा मुटको चाल छिटोछिटो बढ्छ र हिडाईको तुलनामा चिल्लो पर्दाथलाई धेरै पगाल्छ । यसले शरीरको क्यालोरीको मात्रालाई छिट्टै पगाल्न त सहयोग पुर्याउँछ । यदि तपाईँको शरीर निकै फिट छ र कुनै पीडा हुँदैन भने हिड्न भन्दा दौडन नै शरीरका लागि हितकर हुन्छ ।
हिड्दाका केही फाइदाहरू
रक्त सञ्चालनमा वृद्धि
हिड्नाले रक्तचाप न्युन हुन सहयोग गर्छ र मुटुको रोग लाग्न दिँदैंन । दैनिक ३० मिनेट हिड्ने महिनामा स्ट्रोक हुने सम्भावना २० प्रतिशतले कमी आउँछ । दैनिक रूपमा हिड्दा मुटुलाई समेत फाइदा पुर्याउँछ । हिड्दा शरीरको रक्तचाप नियन्त्रण गर्न मद्धत गर्छ साथै तपाईको शरिरमा रगतको प्रवाहलाई नियमित सही ढंगले गर्न मद्धत गर्छ ।
हड्डी बलियो हुन्छ
विशेष गरी ओस्टियोपोरोसिस रोग लागेकाहरुमा हिडाईले हड्डीको मासी कम हुनबाट बचाउँछ । अमेरिकी विश्वविद्यायमा गरेको एक अध्ययन अनुसार हिड्नाले हिप भाँचिने सम्भावना ४० प्रतिशतले कमी हुन्छ । दैनिक ३० मिनेट हिड्ने गर्दा बोनको घनत्वलाई बढाउँछ र खुट्टामा हुने हाडको समस्यालाई कमी ल्याउँछ । यसले स्पाइनल कर्ड, खुट्टा र हिपलाई समेत फाइदा गर्छ ।
आयु बढाउँछ ?
६० वर्ष पुगेका मानिसहरुले नियमित हिड्नाले आयु पनि बढ्छ । एक अध्ययन अनुसार नियमित अभ्यास गर्ने र हिड्ने ६० वर्षभन्दा माथिका मानिसहरूको आयु नगर्नेभन्दा ८ वर्ष बढ्नेछ ।
फ्रेस बनाउँछ
दैनिक हिड्ने गरिएमा मुड फ्रेस हुन्छ । हिड्दा इन्डोर्फिन नामक प्राकृतिक तत्व निस्कन्छ, जसले दुखाईलाई कम गर्छ । यसले मुड राम्रो बनाउँन सहयोग गर्छ ।
मानसिक थकान कम गर्छ
नियमित हिड्नेहरुमा उमेरसँग सम्बन्धित स्मरण क्षमता कम हुने समस्या कम हुन्छ । एक अध्ययनका अनुसार ५० वर्ष नाघेका मानिसहरूमा दैनिक २.५ माइल हिड्नेमा स्मरण क्षमता १७ प्रतिशतले कम भएको पाइएको थियो भने नहिड्नेमा २५ प्रतिशतले कम भएको पाइएको थियो । हिडाईले मानसिक अवस्थालाई समेत राम्रो बनाउन मद्धत गर्छ । हिड्दा बाहिरको ताजा हावा र व्यायामका कारण तपाईको मष्तिष्कलाई सन्तुलित बनाउँछ । हिडाईले तपाईको सोचाई र काम गर्ने चाहनालाई फाइदा पुर्याउँछ ।
तौल घटाउँछ
तपाईँ यदि दैनिक ३० मिनेट हिड्ने गर्नु भएको छ भने २ सय क्यालोरी बर्न गर्न सहयोग गर्छ । यसबाट तौल घटाउन सहयोग पुग्छ ।
शरीर बलियो बनाउँछ
तपाईँ दैनिक हिड्ने गर्नु भएको छ भने हिडाईले खुट्टा, पेट तथा पाखुराको मांसपेशीलाई बलियो बनाउँछ । दैनिक रूपमा एकरूपले हिड्ने गर्दा मांशपेशी बलियो हुन्छ र तपाईको शरीरमा शक्ति यथावत् राख्न मद्धत गर्छ ।
राम्रो निद्रा पर्छ
५० वर्ष नाघेका मानिसहरू नियमित हिड्ने गरेका छन् भने अनिद्राको समस्याबाट छुट्कारा पाउन सकिने एक अध्ययनले देखाएको छ।
हचिन्सन क्यान्सर रिसर्च सेन्टर सियाटलको अध्ययनबाट दैनिक आधा घन्टा हिड्ने मान्छे राम्ररी निदाउन सक्ने बताएको छ ।
जोर्नीलाई फाइदा हुन्छ
जोर्नि दुख्ने या झमझमाउने समस्या छ भने दैनिक हिड्ने गरेका शरीरमा चाल पैदा हुन्छ, जोर्नीहरुले मासीबाट पोषण प्राप्त गर्छन् र त्यस क्षेत्रले अक्सिजन पाउँछन्। जोर्नीलाई फाइदा हुन्छ।
श्वासप्रश्वासमा सुधार
हिड्दा श्वासप्रश्वासको गति बढ्छ, जसबाट नसाहरुमा अक्सिजन राम्रोसँग पुग्न पाउँछ जसले विकारहरुलाई हटाउन मद्धत गर्ने र शक्तिमा वृद्धि गर्ने अमेरिकाको एउटा विश्वविद्यालयको अध्ययनले देखाएको छ।
अल्जाइमरको खतरा कम गर्छ
दैनिक १ माइलहिड्ने वृद्धहरुमा अल्जाइमर र डिमेन्सियाको समस्या कम भएको अध्ययनमा पाइएको थियो ।
अपांगताको खतरा कम गर्छ
दैनिक हिडाईले ६५ वर्षभन्दा माथिका वृद्धहरुमा अपांगता हुने खतरा कम गर्ने अध्ययनमा देखिएको छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया