स्वास्थ्य बीमा नवीकरणको लागि एक महिनाअघि नै आवेदन दिनुपर्ने
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकहरूका लागि बीमा नवीकरणसम्बन्धी नयाँ नियमहरू लागू गरेको छ ।
साउन १ गतेदेखि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२ अनुसार अब बीमितले आफ्नो बीमालेखको म्याद सकिनुभन्दा एक महिना अगावै नवीकरणका लागि आवेदन दिनुपर्ने बोर्डलेजारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बीमितहरूले विद्युतीय प्रणाली वा दर्ता सहयोगीमार्फत तोकिएको समयभित्रै नवीकरणका लागि निवेदन दिन सक्नेछन् । नयाँ कार्यविधिअनुसार, विगतमा लक्षित वर्गका लागि हुँदै आएको स्वतः नवीकरणको व्यवस्था पनि हटाइएको छ ।
अबदेखि लक्षित वर्गका सदस्यहरूले पनि तोकिएको कागजातसहित समयमै आफ्नो बीमालेख नवीकरण गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । जारी सूचनामा यदि कुनै बीमितले समयमा बीमालेख नवीकरण नगरेमा र म्याद गुजारेमा कार्यविधिको अनुसूची १ बमोजिम अतिरिक्त शुल्क तिर्नुपर्नेछ ।
यसले बीमितलाई आर्थिक भार थपिने भएकाले समयमै सचेत रहन बोर्डको सूचनामा भनिएको छ ।

ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया