‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

पाटन । ललितपुरको गोदावरी नगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता स् पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको हो ।
जिल्लाका छवटा स्थानीय तहहरूमध्ये गोदावरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा हुने अन्तिम स्थानीय तह हो । यसअघि ललितपुरको दक्षिण पूर्वीभेगमा रहेको महाँकाल गाउँपालिकाले २०८२ वैशाख ३१ गते, काठमाडाँै उपत्यकाभित्रै पर्ने महालक्ष्मी नगरपालिकाले जेठ ११ गते, बागमती गाउँपालिकाले जेठ १३ गते, कोन्ज्योसोम गाउँपालिकाले जेठ ३१ गते र ललितपुर महानगरपालिकाले असार १८ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी गराए ।
पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले खोप सुनिश्चितताका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मी, स्वयंसेविकाहरूको प्रशंसा गरे ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वडा तहदेखि नगरपालिकासम्म खोप सुनिश्चिता भएसँग यसलाई जारी राख्न सबै क्रियाशील हुनुपर्छ भन्नेमा जोड दिनुभयो । उहाँले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुनु हुँदैन भन्दै यसमा ध्यान दिन आग्रह गरे । सबै बालबालिकाहरूले खोप पाएका कारण अपाङ्गता र मृत्युुदर घटन गएको भन्दै खोपको व्यवस्थापनलाई ध्यान दिन आग्रह गरे ।
उनले गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका कामको सबैतिर प्रशंसा भइरहेको भन्दै सेवासँगै नागरिकको मन जित्ने गरी सीमित स्रोतलाई उपयोग गर्दै सकारात्मक भावका साथ काम गर्न आग्रह गरे ।
गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो क्षेत्रमा रहेर कर्तव्यनिष्ठ भई काम गरेका कारण यो परिणाम हात लागेको भन्दै स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्न समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
“सबै वर्ग र क्षेत्रलाई समेटेर लैजानुपर्ने दायित्व स्थानीय सरकारको छ, पूर्णखोप सुनिश्चितता तथा दिगोपना सहज छैन, यो कठिन कार्यमा लाग्ने सबैले प्रशंसनीय काम गर्नुभएको छ, यसमा धन्यवाद भन्न चाहान्छु,” उनले भने।
गोदावरी नगरपालिका–५ का अध्यक्ष एवं नगरका प्रवक्ता मिलन सिल्वालले गोदावरी नगरपालिका पूर्णखोप सुनिश्चित घोषणासँगै यसलाई दिगोपना कायम गर्ने कार्य चुनौतीपूर्ण रहेको भन्दै ध्यान दिएर क्रियाशील हुनुपर्नेमा जोड दिए । उहाँले स्थानीय तहमा काम गर्ने जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीहरूले स्थानीय तहमा भएको स्रोत र साधनलाई भरपुर उपयोग गर्दै सम्पादन गरिरहेको कामको प्रशंसा गरे ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत राजाराम कार्कीले ललितपुरका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भइसकेको बताउँदै घरघुरी सर्वेक्षण गरेर सबै बालबालिकालाई खोप दिइसकेको जानकारी गराए । उनले स्थानीय सरकार र सङ्घीय सरकारको प्रतिबद्धताअनुसार प्रत्येक वर्ष यसलाई ध्यान दिँदै निरन्तरता दिनुपर्नेमा जोड दिए ।
उनले सन् २०३० सम्म महिलामा हुने पाठेघरको क्यान्सर न्यूनीकरण गर्ने नेपाल सरकारको नीतिअनुसार निःशुल्क खोप अभियान सञ्चालन भइरहेको भन्दै बालबालिकालाई १३ प्रकारका खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताए ।
राष्ट्रिय खोप कार्यक्रम बाल मृत्युदर घटाउने अभिप्रायले लागू गरिएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम हो । हरेक वर्ष राष्ट्रिय खोप कार्यक्रममा १५ महिनामुनिका बालबालिकाले क्षयरोग, रोटा, पोलियोमाइलाइटिस, न्युमोनिया, मेनिन्जाइटिस, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, जापानिज इन्सेफ्लाइटिस, दादुरा, रुबेला र टाइफाइडसमेत १३ प्रकारका सरुवा रोगहरू विरुद्धका खोपहरू प्राप्त गरेको र गर्भवती टी।डी।, धनुष्टङ्कार र भ्यागुते रोग विरुद्धको खोप प्राप्त गरिसकेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको हो ।
राष्ट्रियस्तरमा २०३४ सालमा सुरू भएको खोप अभियानलाई अहिले दिगो विकास लक्ष्यको एउटा सूचक मानेर देशैभर स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेश र देशलाई नै पूर्णखोपयुक्त घोषणाको तयारीअनुसार काम भइरहेको छ । पूर्णखोप सुनिश्चितताका लागि तोकिएअनुसारका खोपहरू प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकारका रुपमा कानुनी व्यवस्था गरिएको छ । खोपकै कारण नेपालमा बालमृत्युदर, मातृमृत्युदर घट्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका दिगो विकासका लक्ष्य हासिल गर्ने नीतिअनुरुप पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान देशैभर जारी रहेको छ ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया