‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
ललितपुर । सात बुँदे घोषणापत्र जारी गर्दै ‘फिल्ड इपिडिमियोलोजी’सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘सबल स्वास्थ्यका लागि एकताः फिल्ड इपिडिमियोलोजी, निगरानी र नीतिगत निर्देशन’ भन्ने नाराका साथ विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आइतबारदेखि ललितपुरमा भएको दुईदिने सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको हो ।
घोषणापत्रको पहिलो बुँदामा समयमै रोगको पहिचान, अनुसन्धान र प्रतिकार्यका लागि स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य प्रणालीमा फिल्ड इपिडेमियोलोजीलाई संस्थागत गर्ने विषयलाई समेटिएको आयोजकले जनाएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत फिल्ड इपिडेमियोलोजी जनशक्तिलाई अपरिहार्य जनशक्तिका रूपमा पहिचान दिलाउन पैरवी गर्ने, फिल्ड इपिडिमियोलोजी सीपको प्रभावकारी उपयोग सुनिश्चित गर्दै रोग निगरानी, प्रकोप प्रतिकार्य र नीतिगत व्यवस्था गर्न प्रयोग गर्ने, महामारीको प्रभावकारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि फिल्ड इपिडिमियोलोजी जनशक्ति परिचालन गर्ने र प्रत्येक अनुसन्धान तथा प्रतिवेदनलाई राष्ट्रिय मञ्चमा जानकारी गर्ने, निगरानी प्रणालीबाट प्राप्त तथ्याङ्क र फिल्ड अनुसन्धानका निष्कर्षलाई कार्यान्वयनयोग्य नीति र कार्यक्रम निर्माणमा रूपान्तरण गरी तथ्यमा आधारित निर्णय प्रक्रियाको प्रवर्द्धन गर्ने कुरालाई घोषणापत्रमा समावेश गरिएको छ ।
त्यस्तै, अनुभव आदानप्रदान र ज्ञान साझेदारी कार्यक्रममार्फत फिल्ड इपिडिमियोलोजी जनशक्ति तथा सरोकार भएका निकायबीच सहकार्य, सिकाइ र समन्वय प्रवर्द्धन गर्ने र स्वास्थ्य क्षेत्रका पेसागत र साझेदारबीच अनुभव, निरन्तर सिकाइ, सहकार्य, तथा रणनीतिक संवादलाई प्रवर्द्धन गर्न हरेक दुई वर्षमा फिल्ड इपिडिमियोलोजीको राष्ट्रिय सम्मेलन आयोजना गर्ने विषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ ।
सम्मेलनका सहभागीले घोषणापत्रलाई साझा दृष्टिकोण, सुदृढ, उत्तरदायी र तथ्यमा आधारित स्वास्थ्य प्रणाली निर्माणप्रति दृढ प्रतिबद्धताको अभिव्यक्तिस्वरूप अनुमोदन गरेका छन् । आइतबार सम्मेलनको उद्घाटन सत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले फिल्ड इपिडिमियोलोजिस्टले रोग नियन्त्रणमा ठूलो भूमिका पुर्याउने बताएका थिए ।
ताजा अपडेट
- तरकारीमा विषादीको मात्रा बढ्दो
- जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भनिन्, “यो आन्दोलन व्यर्थ नजाओस्”
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया