नेत्रज्योति सङ्घद्वारा विदेशमा सेवा विस्तार
काठमाडौँ। नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत गरेको छ । अठ्ठाइस आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरूको सञ्जालमार्फत स्वदेशमा आँखा उपचार सेवा प्रदान गर्दै आएको सङ्घले यही असार १३ गते ओमानको राजधानी मस्कटमा रहेका नेपालीको निःशुल्क आँखा जाँच गरेको हो ।
ओमानस्थित नेपाली राजदूतावासको समन्वय र सहकार्यमा नेपाली नेत्रविशेषज्ञले मस्कटमा रहेका नेपालीको निःशुल्क आँखा जाँच गर्नुका साथै आवश्यक पर्ने बिरामीलाई चस्मासमेत वितरण गरेको छ ।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालका प्रमुख मेडिकल डाइरेक्टर एवं नेत्ररोग विशेषज्ञ डा पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा मस्कटस्थित बदर अल समा अस्पताल र अल खुवेर अस्पतालमा आँखा परीक्षण शिविर आयोजना गरिएको थियो । शिविर आयोजनाका लागि त्यहाँस्थित नेपाली राजदूत डोरनाथ अर्यालले विशेष समन्वय र सहजीकरण गर्नुभएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ ।
विभिन्न कामको सिलसिलामा मुलुकबाहिर गएका नेपालीलाई आँखा उपचारमा सहजता होस् भन्ने उद्देश्यले नेपाली राजदूतावाससँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार आँखा परीक्षणपछि चश्मा आवश्यक देखिएका बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो । प्रायः विदेशमा आँखा उपचार सेवा महँगो हुने गर्दछ । उनले भने, “विदेशमा आँखा उपचार सेवा महँगो हुने गर्दछ । श्रमिकहरूलाई त्यहाँ उपचार गराउन कठिन हुनसक्छ भनेर उहाँहरूको अवस्थालाई ख्याल गरेर आँखा परीक्षण कार्यक्रम राखेका हौँ ।”
अन्य देशहरूमा रहेका नेपाली श्रमिकलाई लक्षित गरेर आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको महासचिव चन्दले जानकारी दिए। उनका अनुसार नेपालको आँखा उपचार सस्तो एवं गुणस्तरीयताका कारण अन्य देशका नागरिक पनि यहाँ आँखा उपचार गराउन आउने गर्दछन् ।
चन्दले भने, “सबै नागरिकको पहुँचमा गुणस्तरीय आँखा सेवा पु¥याउँदै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यसै सेरोफेरोमा सङ्घीय सरकारसँगको समन्वय र सहकार्यमा आफ्ना योजना र कार्यक्रम केन्द्रित छन् । विदेशमा हुने आँखा परीक्षण कार्यक्रमले विश्व समुदायमा नेपालको सेवाका बारेमा प्रचारप्रसार र प्रवर्द्धन हुनेछ ।”
ओमानस्थित नेपाली राजदूतका अनुसार अनलाइनमार्फत नाम दर्ता गराएका नेपालीको आँखा परीक्षण गरिएको हो । यो कार्यक्रमको समीक्षापछि आगामी दिनमा ओमानका अन्य सहरमा नेत्रज्योति सङ्घसँगको सहकार्यमा आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहको दूतावासले जनाएको छ ।
सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले विदेशमा नेपालीलाई लक्षित गरी सञ्चालन गरिने यस्ता कार्यक्रमले नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सङ्घको योजनामा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “नेपालको आँखा उपचार सेवा विश्वमा अब्बल छ भन्ने कुरालाई प्रमाणित गरेर नेपाललाई आँखा उपचारको हव बनाउन सकिन्छ । यसका लागि विदेशमा परीक्षण थालनी गरेका हौँ ।”
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार सन् २०२४ मात्र मात्र सङ्घको सञ्जालमार्फत भारतलगायत अन्य छिमेकी मुलुकका करिब नौ लाख आँखाका बिरामीको परीक्षण गरिएको छ भने एक लाख ६० हजारभन्दा बढी बिरामीको शल्यक्रिया गरिएको छ ।
उनले भने, “छिमेकी देशबाट जसरी हाम्रो आँखा उपचार सेवाको गुणस्तरीयताका कारण नागरिकहरू आइरहनुभएको छ त्यसरी हामीले अन्य देशका नागरिकलाई नेपालको आँखा उपचारका लागि आकर्षित गर्न सक्छौँ ।” उनका अनुसारा स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी चार करोड ६८ लाख ६८ हजार ६० जना बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया