स्थानीय तहद्वारा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

बुटवल। बुटवल उपमहानगरपालिकाले नगरमा बसोबास गर्ने ज्येष्ठ नागरिकको घरदैलो स्वास्थ्य उपचारबाट वृद्धवृद्धा हर्षित भएका छन् ।
बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयसहितको स्वास्थ्यकर्मीहरुको एक टोलीले २०८० माघ १ गते बुटवल–१२ तामनगरस्थित प्रगति टोलकी ११० वर्षीया ऐरावती बरईको घरमा पुगी स्वास्थ्य परीक्षण एवं उपचारको पहल गरेको थियो । उनका साथमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकसहितको चिकित्सकीय टोलीले ज्येष्ठ नागरिक बरईको स्वास्थ्य परीक्षण गर्नाका साथै फलफूल र स्वास्थ्यवर्धक सामग्री प्रदान गरेको थियो ।
बुटवल उपमहानगरले गत आर्थिक वर्ष २०८०÷८१ बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सुरु गरेको थियो । बरईको उपचार सुरु गरेर अभियानको शुभारम्भ गरिएको थियो ।
अभियानअन्तर्गत ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारका साथै फलफूल एवं स्वास्थ्यवर्धक सामग्री प्रदान गरिन्छ । घरमै पुगेर बाआमासँग नगरप्रमुख स्वास्थ्य उपचार अभियानबाट यस क्षेत्रका धेरै वुद्धवृद्धाहरु लाभान्वित भएका छन् । नगरले कोही पनि वृद्ध आमाबुबा स्वास्थ्य संस्थामा पुग्न नसकी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरेको नगरप्रमुख पाण्डेयले जानकारी दिए ।
उनले भने “पाका पुस्ताप्रति नगरको दायित्व पूरा गर्न र अपनत्व महसुस गराउन घरघरमै पुगेर उपचार सुरु गरिएको हो ।” अभियानले पाका पुस्ताले पनि सङ्घीयत अनुभूति गर्न सक्नुभएको छ । उनीहरु भन्छन्, “स्थानीय सरकार हाम्रो स्वास्थ्यप्रति संवेदनशील रहेको अनुभूति गराएको छ ।”
बुटवल उपमहानगरले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्न उक्त सेवा उपलब्ध गराएको हो । पछिल्लो समय धेरै ज्येष्ठ नागरिकका सन्तानहरु वैदेशिक रोजगारीमा जानेक्रम वृद्धि भएको छ जसले गर्दा घरमा वृद्धवृद्धा नागरिक मात्र बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । यस्तो परिस्थितिमा ज्येष्ठ नागरिकको उपचारमा समस्या सृजना भएकाले यो अभियान सञ्चालन गरिएको नगर प्रवक्ता शिव राना बताउछन् ।
नगरले कोही पनि वृद्ध आमाबुबा स्वास्थ्य संस्थामा पुग्न नसकी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरेको उनको धारणा रहेको छ । ज्येष्ठ नागरिकलाई घरमै गएर परीक्षण र उपचार गर्ने नगरको यो प्रयास ज्यादै उदाहरणीय र प्रशंसा योग्य रहेको ज्येष्ठ नागरिकको भनाइ छ । बुटवल–९ का ज्येष्ठ नागरिक ईश्वरी ज्ञवाली उपमहानगरका नगरप्रमुखसहित चिकित्सकको टोली घरमै आएर उपचार गर्दा खुसी लागेको बताउछन् ।
उपमहानगरको टोली घरमै आएर निःशुल्क एक्स–रे, ज्वरो मापनसहित औषधि वितरण गरेको हो । नगरले ज्येष्ठ नागरिकलाई स्वास्थ्य चेकजाँच र निःशुल्क औषधि वितरणले उपचार उपलब्ध गराएको छ । बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम बुटवल उपमहानगरपालिकाको १९ वटा वडामा सञ्चालन भएको छ ।
अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा पाठक, स्त्रीरोग विशेषज्ञ डा राजेन्द्र बस्याल, फिजिसियन डा हरि पन्थीलगायत विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्दै आउएका छन् । नगरका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधि निःशुल्क दिने व्यवस्था रहेको छ ।
सो अभियान कार्यक्रमबाट दुई हजार ६०० ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यस अवसरमा ३०० को भिडियो एक्स–रे गरिएको थियो । जनस्वास्थ्य शाखाप्रमुख पाण्डेले भने, “६० वर्षदेखि माथिका सबै पाका पुस्तालाई शिविरमा उपचार गरिएको थियो भने ७० वर्ष माथि उमेरका नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो ।”
बुटवल उपमहानगरपालिकाले गत वर्ष सञ्चालन गरेको ‘बाआमासँग नगरप्रमुख, निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रममा वडागत रुपमा के कति ज्येष्ठ नागरिकले यस कार्यक्रमबाट फाइदा लिए भन्ने विषयमा भने नगरसँग शाखामा कुनै तथ्याङ्क छैन । बुटवल उपमहानगरपालिकाले गत वर्ष सञ्चालन गरेको बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम नगरका अधिकांश ज्येष्ठ नागरिकलाई अभियानबारे थाहै नभएको बताउछन् ।
बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँको मुक्तिनाथधाममा भजनकीर्तन गरिरहेका ज्येष्ठ नागरिकको समूहमा भेटिएका धेरै ज्येष्ठ नागरिक यस कार्यक्रमबारे आफूहरुलाई केही थाहा नभएको बताए । बुटवल–१२ नयाँगाउँकी ८७ वर्षीय मुनिकला ज्ञवालीलाई यो कार्यक्रमले छुन सकेको छैन । एकल महिला ज्ञवालीले स्वास्थ्य उपचारका लागि नगरप्रमुख घरमा आएर स्वास्थ्य सेवा नपाएको बताए।
यसैगरी, सोही ठाउँमा बसोबास गर्ने ६३ वर्षीया उमा ज्ञवालीको विवाह भएको छ भने त्यतिबेलाबाटै एकल रुपमा बस्दै आएकी उमालाई पनि सो कार्यक्रमबारे केही थाहा नभएको बताउनुभयो । बुटवल–१२ कै ८१ वर्षीया बेलकुमारी कौडिण्यलाई पनि बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रमको सेवा अहिलेसम्म प्राप्त नभएको बताउछन् ।
यसैगरी, ७९ वर्षीया प्रेमकला खनाल र ८४ वर्षीया एकल महिला मनरुपा पौडेललाई पनि यस कार्यक्रमबारे जानकारी नभएको बताए । केही ज्येष्ठ नागरिकले नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम थाहाभएको तर उपचार सेवा पाएको तर घरमा परीक्षण नभएको बताउछन् ।
बुटवल–१ का ७० वर्षीय हरिबहादुर श्रेष्ठले नगरपालिकाको स्वास्थ्य शिविर टोलमा समयमा सेवा प्राप्त गरेको जानकारी दिए । उनले गत वर्ष प्राप्त भएको स्वास्थ्य शिविरका प्राप्त भएको उपचार सेवा यस वर्ष प्राप्त भएको बताए । “उपचार सेवाबाट वञ्चित हुनुपर्ने हामी जस्ता पाका पुस्ताका लागि यो कार्यक्रम साहै्र राम्रो रहे पनि निरन्तर हुनुपर्नेमा जोड दिए ।
बुटवलका पाका पुस्ताले बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम निरन्तर हुनुपर्ने माग गरेका छन् । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले समय र कानुन अभावले अभियान ओझेलमा परेको बताए । उनले गत वर्ष एकपटक मात्र ज्येष्ठ नागरिकको घरदैलोमा पुगेको बताउँदै कानुन निर्माण भएअनुसार अभियानलाई अब निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
“कानुन विना काम गर्न समस्या भएको थियो तर अब कानुन निर्माण भएकाले सोही अनुसार कार्य प्रारम्भ हुनेछ । हामी पाका पुस्तालाई घरमै पुगेर उपचार र परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिन्छौँ,” उनले भने ।
यसैगरी, तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुको संरक्षण र सम्मान गर्नुपर्छ भन्ने उद्देश्यका लागि घरदैलो उपचार सेवा कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकका लागि घरदैलो उपचार कार्यक्रम सुरु गरेको छ ।
स्वास्थ्य शाखाप्रमुख ज्ञानप्रसाद पौडेलका अनुसार ज्येष्ठ नागरिक घरदैलो कार्यक्रमअन्तर्गत स्वास्थ्यजाँच, निःशुल्क औषधि वितरण र मधुमेह जाँच गर्दै आएको छ । नगरको वडा नं ६ मा रहेको स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि आवश्यक स्वास्थ्य प्रयोगशाला परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ । धेरै स्थानीय तह ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेका छैनन् । निःशुल्क औषधि वितरण र मधुमेह जाँच गर्दै आएको छ । नगरको वडा नं ६ मा रहेको स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि आवश्यक स्वास्थ्य प्रयोगशाला परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ । धेरै स्थानीय तह ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेका छैनन् ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया