शारीरिक कसरत गर्दा हुने फाइदा र ध्यान दिनुपर्ने कुराहरु
काठमाडौं। मानिस एक सजिव प्राणी हो। सचेतना, गति, नियन्त्रण, स्वचालन तथा सन्तान उत्पादन जस्ता गुणहरु स्वाभाविक रुपमा मानिसमा विद्यमान हुन्छन्। यस क्रममा मानिसमा देखिने वृद्धि र विकास, शारीरिक संचरना तथा बनावटमा परिवर्तन, क्रिया प्रतिक्रिया आदिको मुख्य आधार चाल वा गतिशिलतालाई मान्निछ।
मानव जीवनको चौतर्फी विकासको लागि शारीरिक क्षमता अनुसारको सक्रियता वा कसरत आवश्यक हुनछ। जसले मानिसलाई स्वस्थ राख्छ।
शारीरिक कसरत भनेको उर्जा खपत गर्ने कुनै पनि किसिमको शारीरिक क्रियाकलाप हो। जुन शरीरका अंगहरुको हलचलका कारण उत्पन्न हुन्छ। शारीरिक निष्क्रियता विश्वमा मानिसहरु बिरामीको हुनुको प्रमुख कारणमध्ये चौथोमा पर्दछ।
तनाव र व्यस्तता, नियमित शारीरिक कसरतको अभाव, अस्वस्थकर खानेकुरा र निस्क्रिय जीवनशैलीलले मानिसहरुमा विभिन्न किसिमका रोग लाग्न सक्ने खतरालाई बढाएको छ। जसले गर्दा नसर्ने रोगहरुको जोखिम बढ्दै गइरहेको छ।
विभिन्न किसिमका विज्ञान प्रविधि, यातायात र जीवनशैलीले मानिसहरु दिन प्रतिदिन झन्–झन् निस्क्रिय हुन थालेका छन्। फलस्वरुप उच्च रक्तचाप, हृदयघात, मधुमेश, जीर्ण श्वासप्रश्वास दम, मुटुरोग र मोटोपना जस्ता जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने खालका स्वास्थ्य समस्याहरु बढ्दैछन्।
शारीरिक निस्क्रियताको कारण हुने सक्ने समस्याहरु
- उच्च रक्तचाप र मुटु सम्बन्धी समस्या
- हड्डी तथा माशंपेशीहरुमा कमजोरी
- क्यान्सर, मधुमेह जस्त नसर्ने रोगहरु देखा पर्न सक्ने
- मोटोपना र यसको जोखिम बढ्न सक्ने
- तनाव र छटपटाहटको महसुस
शारीरिक रुपमा कसरी सक्रिय रहन सकिन्छ ?
- ४५ मिनेटसम्म भलिबल खेल्ने
- ४५ देखि ६० मिनेटसम्म फुटबल खेल्ने
- ३० देखि ४५ मिनेटसम्म बगैँचामा काम गर्ने
- दैनिक २ माइल ३० मिनेटसम्म हिड्ने
- ३० मिनेटसम्म बास्केटबल खेल्ने
- ३० मिनेटसम्म ५ माइल साइकल चलाउने
- ३० मिनेटसम्म पौडी खेल्ने आदि।
माथि उल्लेख गरिएका मध्ये कुनै पनि एक क्रियाकलापद्धारा आफुलाई सक्रिय राख्न सकिन्छ।
शारीरिक कसरत गर्दा ध्यान दिनुपर्ने कुराहरु
- शारीरिक कसरत गर्नुभन्दा अगाडि विस्तारै सुरु गरी सुक्ष्म व्यायाम गर्नुपर्दछ। रोक्नु अगाडि पनि विस्तारै रोक्नुपर्छ।
- सुरुमा एकै पटक धेरै कसरत गर्नु हुँदैन। अलिअलि गर्दै बिस्तारै आफ्नो लक्ष्य हासिल गर्नुपर्दछ।
- कडा कसरत गर्ने व्यक्तिले आवश्यक मात्रामा पानी पिउने र पौष्टिक खोनकुराहरु खानुपर्दछ।
- कडा कसरत गरीसकेपछि केही समय आराम गर्नु जरुरी हुन्छ।
- दैनिक कम्तीमा आधा घण्टा पसिना आउने गरी हिड्ने, व्यायाम गर्ने, खेलकुद र काम गर्ने गरेर शारीरिक सक्रियता कायम गर्ने।
- गर्भवती, प्रसूति र शल्यक्रियापछि तथा मुटुसँग सम्बन्धित रोग भएका व्यक्तिहरुले शारीरिक कसरत गर्नु अघि अलि बढी सतर्कता र चिकित्सकको राय लिनु आवश्यक हुन्छ।
शारीरिक कसरतबाट हुने फाइदाहरु
- मुटु सम्बन्धी समस्या हुनबाट बचाउँछ।
- फोक्सोको क्षमतामा वृद्धि गर्दछ।
- मधुमेशको रोगलाई नियन्त्रण गर्दछ।
- तौल ठिक राख्न मद्दत गर्दछ।
- शारीरिक दुखाई नियन्त्रण गर्दछ।
- हड्डीलाई बलियो र मजबुत बनाउँछ।
- तनावबाट मुक्त राखी मानसिक आनन्द दिन्छ।
- काम गर्ने क्षमतामा वृद्धि गर्दछ।
- वृद्धावस्थामा पनि सक्रिय र आत्मनिर्भर बनाउँछ।
शारीरिक कसरत जुनै किसिमको भएपनि शरीरलाई स्वस्थ र बलियो रहनका लागि मद्दत गर्दछ। सामान्य किसिमको शारीरिक व्यायाम भन्नाले छिटो छिटो हिड्ने, नाच्ने वा घरायसी कामकाज गर्नु आदि हो। कडा किसिमको शारीरिक व्यायाम भन्नाले दौड्नु, तीव्र गतिमा साइकल चलाउनु, पौडी खेल्नु र गह्रौँ सामान उठाउनु जस्ता कडा कार्यलाई बुझाउँछ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया