विद्यालयमा कस्तो स्वास्थ्य शिक्षा आवश्यक ?

नेपालमा नसर्ने रोगहरूको भार थपिँदै गएको छ। मुटु रोग, मधुमेह, उच्च रक्तचाप, मोटोपना जस्ता नसर्ने रोगहरू जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित छन् । अस्वस्थ खानपान, शारीरिक गतिविधि र पर्याप्त आरामको कमी नसर्ने रोगका प्रमुख कारण हुन्।
आजको स्वस्थ बच्चा नै भोलि गएर सक्षम नागरिक बन्न सक्छन्। त्यसैले निरोगी समाज र उज्ज्वल भविष्यका लागि आजको पुस्तालाई नै स्वस्थ बनाउनु जरूरी छ।
अस्वस्थ जीवनशैली र खानपानका कारण नेपालीहरू सानैदेखि नसर्ने रोगको चपेटामा पर्दै गएको तथ्य जगजाहेर छ। त्यसैले बालबालिकालाई स्वस्थ रहन विद्यालय तहदेखि चेतना जगाउनु आवश्यक हुन्छ। स्वास्थ्य शिक्षालाई केबल सरसफाई वा संक्रामक रोग नियन्त्रणमा मात्र केन्द्रित नगरी स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने दिशामा अघि बढाउनु जरूरी छ।
विद्यालयमा स्वास्थ्य शिक्षा पुन: परिभाषित गरौँ
अहिले पनि धेरै विद्यालयमा स्वास्थ्य शिक्षाको प्राथमिकता सरसफाई, सुरक्षित पानी र संक्रामक रोगहरूसँग बढी जोडिएको छ। तर के पर्याप्त शारीरिक गतिविधि गर्ने, स्वस्थ खानपान र प्रशस्त आराम गर्ने बानीलाई समान रूपमा प्राथमिकता दिइएको छ ?
आजका बालबालिकाहरू विज्ञापनको प्रभावमा परेर चिनी र नुन धेरै भएको प्याकेटका खानेकुरा बढी खान थालेका छन्। त्यसैले बालबालिकालाई विद्यालय तहदेखि नै स्वस्थ खानपान र जीवनशैली सिकाउनु जरूरी छ। स्वस्थ समाज निर्माणका लागि विद्यालय शिक्षामै परिवर्तन आवश्यक छ।
विद्यालयमा कस्तो स्वास्थ्य शिक्षा ?
विद्यालय शिक्षामा विद्यार्थीलाई प्राकृतिक रूपमा स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने उपायहरू समावेश गर्नुपर्छ। शारीरिक गतिविधिलाई जीवनशैली बनाऔं ।
- बच्चाहरूलाई खेल्न, दौडिन, नाच्न, साइकल चलाउन वा कुनैपनि रमाइलो शारीरिक गतिविधिमा भाग लिन प्रेरित गरौँ।
- विद्यालयमा ‘मोजमस्तीका लागि व्यायाम’ भन्ने मानसिकता विकास गरौँ, ताकि बच्चाहरू स्वाभाविक रूपमा सक्रिय रहुन्।
- शिक्षक, अभिभावक र समाजका सबै सदस्यले बच्चालाई खेलकुदमा सहभागी गराउन प्रोत्साहित गरौँ।
- स्वस्थ खानाको संस्कृति विकास गरौं ।
- विद्यार्थीहरूलाई सन्तुलित आहारको महत्त्व बुझाऔं।
- ‘जंक फुड’ को असरबारे सरल भाषामा जानकारी दिऔं, ताकि उनीहरूले सही निर्णय गर्न सकुन्।
- विद्यालयको क्यान्टिनमा स्वस्थ खानेकुरा उपलब्ध गराऔं।
- निद्रा र आरामको महत्त्व बुझाऔँ । पर्याप्त निद्रा पाउँदा बालबालिकाको मानसिक र शारीरिक विकास राम्रो हुन्छ
- मोबाइल, टिभी वा गेमिङको सीमित प्रयोग गर्न प्रेरित गरौँ ताकि उनीहरू समयमै सुतुन्।
- स्वास्थ्य चेतनाको विकास गरौँ ।
- बच्चाहरूलाई खानेकुराको प्याकेटमा भएका जानकारी पढ्ने बानी बसाल्न प्रेरित गरौँ।
- विज्ञापनमा आउने खानेकुराहरू स्वस्थ नहुन सक्छन् भन्ने बुझ्ने क्षमता विकास गरौँ।
- अभिभावक, शिक्षक र समाज मिलेर स्वस्थ बानीहरू विकास गर्ने वातावरण बनाऔँ।
नेपालको भविष्य उज्ज्वल बनाउन स्वस्थ नागरिक आवश्यक छ। स्वस्थ नागरिक बनाउन सानै उमेरदेखि सही स्वास्थ्य शिक्षा आवश्यक हुन्छ। विद्यालय शिक्षाले बच्चाहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उपाय समावेश गर्नुपर्छ।
खेलकुद, सही पोषण, प्रशस्त आराम र स्वास्थ्य चेतनाको प्रवर्धन गर्दा बालबालिका स्वस्थ रहनुका साथै भोलिका दिनमा सक्षम नागरिक बन्न सक्छन्। त्यसैले, विद्यालय, शिक्षक, अभिभावक र नीति निर्माताहरू मिलेर आजैदेखि स्वस्थ भविष्य निर्माण गर्ने दिशामा काम गर्नुपर्छ।
ताजा अपडेट
- कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया