धनगढीमा बृहत रक्तदान सम्पन्न, २सय ७० जनाद्वारा रक्तदान
कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २७० जनाले रक्तदान गरेका छन ।
सुदुरपश्चिम प्रदेश मै एकैदिन २७० जनाले रक्तदान गरेको यो पहिलो पटक हो । प्रादेशिक रक्तसंचार केन्द्रका प्रमुख धरणी पन्तले ४८ जना महिला र २२२ जना पुरुषले रक्तदान गरेको बताउदै आयोजक लगायत सम्पुर्ण सहयोगी र रक्तदाता धन्यबादको पात्र रहेको बताए ।

रक्तदान कार्यक्रममा यहाका कलेज, इन्सिच्युट, अस्पताल र सर्वसाधारणको सहभागिता रहेको थियो ।
केहिदिन देखि धनगढीमा रगतको अभाव देखिएपछि वडा नम्बर ५ ले रगत ब्यबस्थापनमा केहि सहयोग गर्न सकिन्छ कि भनेर रक्तदानको कार्यक्रमको आयोजना गरेको अध्यक्ष गजेन्द्र शाहीले बताए । उनले रक्तदान कार्यक्रम केवल रक्तदान मात्रै नभएर समाजमा यसको महत्व र रक्तदान किन आवश्यक छ भन्ने शंन्देस दिन पनि कार्यक्रमको आयोजना गरिएको बताए ।
झण्डै १०१२ दिनको तयारीमा यति धेरै रगत संकलन गर्न सकिएको भन्दै अध्यक्ष शाहीले सम्पुर्ण रक्तदाताहरुलाई धन्यबाद दिए ।
रक्तदान कार्यक्रममा सुदुरपश्चिम प्रदेशका रक्तदान सदभावना दुत दीपक उपाध्यायले मानिसमा रगत दिनु हुदैन, दिएमा कमजोर भइन्छ भन्ने लगायतका भ्रम रहेको बताउदै यो ऐतिहासिक बृहत रक्तदानले ति सबै भ्रम चिर्न सफल भएको बताए ।

सुदुरपश्चिममा सबैभन्दा धेरै पिन्ट रगत संकलन र पहिलो रगत दिने रक्तदाताको रेकर्ड समेत यो कार्यक्रमले तोडेको बताउदै सदभावना दुत उपाध्यायले आज मात्रै झण्डै २ सय जनाले पहिलोपटक रक्तदान गरेको बताए ।
रक्तदान कार्यक्रममा ऐश्वर्य बहुमुखि क्याम्पस, कैलाली बहुमुखि क्याम्पस, खप्तड कलेज, सहारा होटेल म्यानेजमेन्ट, साई मा इन्सिच्युट लगायत शिक्षक, ब्यापारी, बिधार्थी, बटुवाहरुले रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।
यस अघि सामाजिक बिकास मन्त्रालयका माननीय राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रमको आयोजमा गरिएको थियो । त्यस्तै रक्तदान कार्यक्रममा निसर्ग अस्पताल, नेपाल रेडक्रस सोसाइटी नम्बर ५ उपशाखा, एजी हेल्थ इण्ड्रस्ट्रीज प्राली लगायत बिभिन्न संघ संस्थाको सहयोग रहेको थियो ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया