विश्व स्तनपान सप्ताह : ‘शिशुको पहिलो खोप नै आमाको दूध हो’
काठमाडौँ । आज अगष्ट १ । अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ । सप्ताह २०२५ को नारा रहेको छ– ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ ।’
आमाको दूध बच्चाको जीवनको सबैभन्दा महत्त्वपूर्ण पोषण हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सुझावअनुसार छ महिनासम्मका बालबालिकालाई पूर्ण रूपमा स्तनपानमात्र गराउनुपर्दछ । त्यसपछि दुई वर्ष वा त्योभन्दा माथिको उमेरसम्म उनीहरूलाई ठोस आहारका साथ स्तनपान गराइरहनु पर्दछ ।
स्तनपानले बच्चाका लागि पूर्ण पोषण प्रदान गर्छ । बच्चालाई सङ्क्रमण र रोगबाट जोगाउँछ । यसैगरी आमाको स्वास्थ्यलाई प्रवर्द्धन गर्नुका साथै आमा र बच्चाबीचको सम्बन्ध बलियो बनाउँछ ।
परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले आमा र बच्चा दुवैको स्वास्थ्यका लागि स्तनपान अति आवश्यक रहेको बताए । उनले स्तनपानको महत्त्व दर्शाउँदै भने, “जन्मिनेबित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । यसैगरी शिशुका लागि पहिलो खोप नै आमाका दूध हो । यसले शिशुको मृत्युदर घटाउनुका साथै शिशुको बौद्धिक विकासमा मद्दत गर्दछ । शिशु जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्दछ । कम्तीमा दुई वर्षसम्म स्तनपानसँगै थप आहार खुवाउनुपर्दछ ।”
पोषण शाखा प्रमुख थापाले सरकारले स्तनपानलाई संरक्षण, संवर्द्धन र सहयोग गर्नलाई विभिन्न कार्यक्रम गरिरहेको जानकारी गराए । उनले भने, “आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) सम्बन्धी ऐन (२०४९) व्यवस्था गरेअनुरूप सात सय ५३ स्थानीय तहमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुलाई निरीक्षण गर्ने निरीक्षक तोकिएको छ । ऐन कार्यान्वनयनको निरीक्षण गर्ने र सूसुचित गर्ने काम उहाँहरूको हो ।” यसैगरी उनले प्रसूति बिदा, स्तनपान कक्ष निर्माण गरेर पनि स्तनपानलाई प्रोत्साहन गरिरहेको बताए ।
बालबालिकालाई छ महिना पूरा भएपछि उमेरअनुसार पूरक खानाका साथै कम्तीमा दुई वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्ने हुन्छ । स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई पनि कम गराउन सहयोग पुग्छ ।
सरकारले प्रयास गरिराखेको बताए पनि स्तनपान दर भने घट्दै गएको देखिन्छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत बालबालिकालाई पूर्ण रूपमा स्तनपान गराउन गरेको देखाएको छ । सन् २०१६ को सर्वेक्षणमा यसको दर ६६ प्रतिशत रहेको थियो । सर्वेक्षणका अनुसार छ महिनाभन्दा मुनिका एक प्रतिशत बालबालिकालाई स्तनपान गराइएको छैन ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया