धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
धनगढी । कैलालीस्थित धनगढी उपमहानगरपालिका ३ सहिद गेट नजिक स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै धनगढीमा एक सय शय्याको सुविधा सम्पन्न केयरटेकर हस्पिटल औपचारिक रूपमा सञ्चालनमा आएको छ।
आम नागरिकलाई गुणस्तरीय, सुलभ र भरोसायोग्य स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस अस्पतालले निजी अस्पताल महँगो र सरकारी अस्पतालमा भीड हुने समस्याको समाधान गर्ने विश्वास लिएको छ।
केयरटेकर हस्पिटल प्रालिका अध्यक्ष गोपालबहादुर शाहीका अनुसार यो अस्पताल केवल उपचार गर्ने स्थान मात्र नभई सेवा, संवेदना र समर्पणको प्रतिबिम्ब हो। उपचार खर्च सरकारी अस्पताल सरह र सेवा, प्रविधि तथा व्यवस्थापन निजी अस्पतालस्तरको बनाउने हाम्रो लक्ष्य हो,उनले बताए।
एक सय शय्याको क्षमता रहेको यस अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मोडुलर अपरेसन थिएटर, २४ सै घण्टा इमरजेन्सी सेवा, जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी, छाला तथा सौन्दर्य रोग, मुटुरोग, न्यूरोलोजी, नाक–कान–घाँटी, डेन्टल केयर, फिजियोथेरापी, ल्याब सेवा, एक्स–रे र अल्ट्रासाउन्ड सुविधा उपलब्ध छन्।
अनुभवी, दक्ष र प्रतिबद्ध चिकित्सकद्वारा उपचार सेवा प्रदान गरिने अस्पतालले निकट भविष्यमा सिटी स्क्यान, आइभिएफ डिपार्टमेन्ट, मुटु तथा क्यान्सर डिपार्टमेन्ट सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।
केयर टेकर अस्पतालले निकट भविष्यमा नर्सिङ कलेज तथा हेल्थ असिस्टेन्ट अध्ययन कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा समेत योगदान दिने जनाएको छ।
बिरामीलाई सम्मानपूर्वक सेवा, उपचारमा पारदर्शिता र पैसाभन्दा मानव जीवनलाई प्राथमिकता, यही मूल मन्त्रका साथ केयरटेकर हस्पिटल अघि बढिरहेको अध्यक्ष शाहीले बताए।
स्थानीयवासीले धनगढीमै सस्तो, गुणस्तरीय र अत्याधुनिक स्वास्थ्य सेवा पाउने भएपछि केयरटेकर हस्पिटल क्षेत्रकै भरोसायोग्य स्वास्थ्य केन्द्र बन्ने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया