पानीको वाफले यसरी चम्काउँछ अनुहार
अनुहार कसरी सुन्दर बनाउने ? कसरी मुलायम बनाउने ? कसरी ताजा बनाउने ? अक्सर हामी यसैको खोजीमा हुन्छ । त्यसैले त कहिले थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौं, कहिले पार्लर धाइरहेका हुन्छौं । अनुहारको सौन्दर्यले समग्र व्यक्तित्वमा प्रभाव पार्छ । त्यसैले सकेसम्म हामी अनुहारलाई आकर्षक, दागरहित, ताजा देखाउन चाहन्छौं ।
त्यसो त अहिले अनुहार चम्काउनका लागि बजारमा थरीथरीका कस्मेटिकस उत्पादन छन् । थरीथरीका उपचार विधी पनि छन् । प्लाष्टिक सर्जरीसम्मका सुविधा उपलब्ध छन् । यद्यपी प्राकृतिक ढंगबाट जति प्रभावकारी हुन्छ, त्यती प्रभावकारी अन्य विधी हुँदैन ।
अझ कस्मेटिक्सको प्रयोगले दुष्प्रभाव पार्न सक्छ । किनभने केमिकलयुक्त त्यसता उत्पादनले क्षणिक रुपमा नतिजा दिए पनि दीर्घकालिन रुपमा छालालाई नोक्सान गर्छ । त्यसैले छालाको स्याहारका लागि महंगा बजारिया उत्पादनहरुभन्दा घरेलु विधि प्रभावकारी हुन सक्छ । यसले छालालाई चम्काउने मात्र होइन, पोषण दिने काम पनि गर्छ ।
आफ्नो छालाको प्रकृतिअनुसार घरेलु उपाय छनोट गर्न सकिन्छ । यसमध्ये वाफ लिनु पनि अति फाइदाजनक मानिन्छ । आमरुपमा मानिसहरु रुघाखोकी लाग्दा मात्रै वाफ लिने सोच्छन्, तर यस्तो होइन ।
वाफ लिनु पनि एउटा ब्यूटी ट्रिटमेन्ट हो । फेस स्टिमिङ गरेर तपाईं आफ्नो अनुहारमा चमकका साथै ताजापन पनि ल्याउन सक्नुहुन्छ । तर, यसका लागि वाफ लिने सही तरिका थाहा हुनुपर्छ । वाफ लिनका लागि स्टिमर वा एउटा बाल्टिनमा तातोपानी लिनुपर्छ । वाफ लिने क्रममा पुरा अनुहारलाई राम्रोसित कपडाले ढाकौं ताकि वाफ बाहिर नजाओस ।
वाफ लिनुका फाइदा
- छालाको मैलो सफा हुन्छ । यसले छालामा रहेका मसिना छिद्रहरु खुल्छन् र त्यसभित्र रहेको फोहोर पनि सफा हुन्छ । यसले त्वचामा निखार आउँछ ।
- स्टिम लिँदा डेड स्किन पनि सजिलै सफा हुन्छ । यसले छालामा प्राकृतिक चमक आउँछ ।
- यसले डण्डीफोर तथा चाउरीलाई कम गर्छ र भविष्यमा हुन सक्ने सम्भावना पनि घटाउँछ ।
- यसबाट छालाको मोइस्चर ब्यालेन्स कायम रहन्छ । जसले गर्दा छाला फुस्रो र बेजान देखिँदैन ।
ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया