बहुउपयोगी प्राकृतिक औषधि : एलोभेरा
काठमाडौं। प्राकृतिक औषधीय गुणले भरिपूर्ण एलोभेरा (घ्यु कुमारी) हजारौं वर्षदेखि आयुर्वेद, घरेलु उपचार र सौन्दर्य प्रसाधनको रूपमा प्रयोग हुँदै आएको छ।
‘जैविक चमत्कार’ को रूपमा चिनिने एलोभेराले शरीरभित्र र बाहिर दुवै तवरबाट स्वास्थ्यलाई फाइदा पुर्याउँछ। यसको पातभित्र पाइने जेलमा प्रशस्त मात्रामा भिटामिन, मिनरल, एन्जाइम, अमिनो एसिड, एन्टिअक्सिडेन्ट लगायतका औषधीय तत्व पाइन्छन्।
एलोभेराका प्रमुख स्वास्थ्य लाभहरू
१) छालासम्बन्धी रोगको प्राकृतिक उपचार
-एलोभेराको जेल छालामा लगाउँदा चिसोपन प्रदान गर्छ, सूजन घटाउँछ र छालामा निखार ल्याउँछ।
-झाडापखाला, एलर्जी, घाउ–चोट, रबकजभक, डन्डीफोर र सूर्यको पोलबाट जलेको छालालाई शान्त बनाउने काम गर्छ।
-डण्डीफोर र पिम्पल्स हटाउन नियमित एलोभेरा जेल प्रयोग फाइदाजनक हुन्छ।
२) पाचन प्रणाली सुधार गर्न सहयोगी
-एलोभेराको रस (ज्युस) सेवन गर्दा पाचन शक्ति बलियो हुन्छ।
-कब्जियत हटाउने
-एसिडिटी कम गर्ने
-पेट सफा राख्न सहयोग गर्न
-बान्ता, ग्यास र अपचको समस्या कम गर्ने
-एलोभेरामा रहेको ‘ल्याटेक्स’ नामक तत्वले पेटको सफाईमा सहायता गर्छ।
३) रोगप्रतिरोधात्मक क्षमता वृद्धि
-एलोभेरामा पाइने एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटोरी तत्वले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ।
-भाइरल संक्रमण, ज्वरो, खोकी र रुघा लाग्दा एलोभेरा उपयोगी हुन्छ।
-नियमित सेवनले शरीरमा विषाक्त पदार्थ हटाउन सहयोग गर्छ।
४) कपाल झर्ने समस्या कम गर्छ
-एलोभेरा जेल कपालमा लगाउँदा कपाल झर्ने समस्या घट्छ र टाउको चिलाउने, ड्यान्ड्रफ हुने समस्या हट्छ।
-कपाल मुलायम, चम्किलो र मजबुत बनाउँछ।
-कपालको जरामा पोषण पुर्याउँछ।
५) मधुमेह नियन्त्रणमा सहायक
-एलोभेराको रस नियमित रूपमा सेवन गर्दा रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ।
-मधुमेहका बिरामीले चिकित्सकको सल्लाहमा यसको सेवन गरेमा रक्तचाप र सुगर लेभल नियन्त्रणमा आउन सक्छ।
६) घाउ–चोट र जलनमा उपचार
-जलेको, काटिएको, वा घाउ लागेको स्थानमा एलोभेरा जेल लगाउँदा तत्काल चिसोपन मिल्छ र संक्रमण हुन दिँदैन।
-छिटो छालाको पुनःनिर्माण (healing) गराउँछ।
-एलोभेरा जेलले छालाको कोष पुनः बनाउने काम गर्छ।
७) ओषधीको रूपमा प्रयोग
-एलोभेरा विभिन्न आयुर्वेदिक औषधिहरूमा मुख्य तत्वको रूपमा प्रयोग गरिन्छ। पेट दुख्ने, शारीरिक कमजोरी, रगतको कमी, मुटु रोग आदिमा यसलाई प्रयोग गर्न सकिन्छ।
एलोभेरा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरूः
-गर्भवती र स्तनपान गराउने महिलाले चिकित्सकको सल्लाह बिना सेवन गर्नु हुँदैन।
-एलोभेरा सेवन गर्दा मात्रा बढी भएमा पाचन गडबडी, पखाला लाग्न सक्छ।
-एलर्जी हुने व्यक्तिमा छालामा जलन वा रातोपन देखिन सक्छ, त्यसैले परीक्षणपछि प्रयोग गर्नु उपयुक्त हुन्छ।
-बजारमा पाइने रसायन मिसिएको एलोभेरा जेल वा रसको सट्टा प्राकृतिक एलोभेरा प्रयोग गर्नु राम्रो हुन्छ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया