प्रदेश आयूर्वेद चिकित्सालयमा औषधी अभाव

तनहुँ। तनहुँको सदरमुकाम दमौलीस्थित प्रदेश आयूर्वेद चिकित्सालयमा औषधीको अभाव छ । बजेट कटौती हुँदा आवश्यकता अनुसारको औषधी खरिद गर्न नपाउँदमा अभाव भएको हो ।
औषधीको अभाव हुँदा बिरामीहरू रित्तो हात फर्किएर बाहिर किन्नुपर्ने बाध्यता छ । औषधीको लागि थोरै रकम विनियोजित भई आएकोले समस्या परेको प्रदेश आयूर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिए।
स्वेदन यन्त्र, पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको बेला औषधी अभाव हुँदा समस्या परेको बताउनुहुन्छ । चापागाईले भने, “एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका बिरामीलाई पनि निको बनाएर पठाएकाले बिरामी चाप बढेको छ तर औषधिको बजेट कटौती हुँदा सेवा प्रभावकारी बनाउन कठिन भएको छ ।’’
बिरामीको सङ्यामा वृद्धि भइरहेकोले औषधीको लागि रकम थप गर्नुपर्नेमा पहिलेभन्दा आधा कम रकम पठाएकोले अभाव झेल्नु परेको कार्यालय प्रमुख आयूर्वेद चिकित्सक डाक्टर नारायण श्रेष्ठले बताए । आर्थिक वर्ष २०७९–८० मा वार्षिक रूपमा औषधी खरिदको लागि १८ लाख रुपियाँ विनियोजन गरिएकोमा आर्थिक वर्ष २०८०/८१ मा आठ लाख १० हजार र चालु आर्थिक वर्ष २०८१(०८२ मा आठ लाख रुपियाँ मात्रै पठाएकोले औषधीको अभाव भएको उनले जानकारी दिए ।
डा श्रेष्ठले भने, “बिरामी झण्डै दोब्बर बढेकाले ३६ लाख रुपियाँ विनियोजन गर्नुपर्ने आठ लाख मात्रै विनियोजन गर्दा समस्या परेको छ ।’’
अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, बाथ, प्रसूति, बमनथेरापी, अम्लपित्त लगायत सेवा लिने बिरामी आउने चिकित्सालयले जनाएको छ । दैनिक करिब एक सय जना बिरामी आउने गरेका छन् ।
ताजा अपडेट
- धनगढीस्थित निसर्ग अस्पतालमा जन्मजात ओठ तथा तालु फाटेको समस्याको नि: शुल्क शल्यक्रिया गरीदै
- बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला
- विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ : राष्ट्रियसभा सांसद
- बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन् !
- प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
- आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
- गौरीफन्टा नाकामा भारतबाट फर्केका तीन जनामा कोभिड पुष्टि
- गेटा र भरतपुर अस्पतालमा एमबीबीएस पढाई सुरु गर्न ५ करोड विनियोजन
धेरैले पढेको
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
- गेटा अस्पतालले माग्यो ७ बिशेषज्ञ चिकित्सक सहित १३ चिकित्सक
- डडेल्धुराको जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने मन्त्रीपरीषदको निर्णय
- सुदूरपश्चिम प्रदेशका अस्पतालहरू व्यवस्थापन समिति विहीन
- विद्यालयमा कस्तो स्वास्थ्य शिक्षा आवश्यक ?
- आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
- स्वस्थ्य जिवनशैली, सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि
तपाईको प्रतिक्रिया