मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु

काठमाडौँ। चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको छ । स्थानीय तहमा सञ्चालित उक्त अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया सेवाको सुरुआत भएको हो ।
चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालले पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । यो अस्पताल निःशुल्क शल्यक्रिया सेवा थालनी गर्ने पहिलो भएको बताइएको छ ।
नगरपालिकाको आन्तरिक स्रोेतबाट करिब रु दश लाखमा अस्पतालको शल्यक्रिया कक्ष र शल्यक्रिया पछि बिरामी राख्ने श्यया निर्माण गरिएको अस्पतालका प्रमुख डा नारायण आचार्यले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शल्यक्रिया कक्षको शुभारम्भ गर्दै नगरले ‘एलोपेथिक’ उपचार र आयुर्वेद चिकित्सा दुवै सेवालाई एकै साथमा अगाडि बढाउँदै ‘स्वस्थ नगर र स्वस्थ नगरवासी’ बनाउने उद्देश्यसहित सेवालाई उच्च प्राथमिकता दिइएको बताए
चन्द्रागिरि–८ का वडाध्यक्ष प्रल्हाद रिजालले अगामी दिनमा अस्पतालको सेवा विस्तार गरिने जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेल, चन्द्रागिरि–१३ का वडाध्यक्ष श्रीकृष्ण खत्रीलगायतको सहभागिता थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालको सेवालाई अझ विस्तार गर्न नगरले उच्च प्राथमिकता दिँदै योजनाबद्ध काम गर्ने बताए ।
अस्पतालका प्रमुख डा आचार्यले शल्यक्रिया कक्ष सञ्चालन भएसँगै अस्पतालले थप विशेषज्ञ सेवासमेत प्रदान गर्ने बाटो खुला भएको उल्लेख गरे । उहाँका अनुसार अस्पतालमा पञ्चकर्म सेवाअन्तर्गत पाइल्स, फिस्टुला र फिसरको शल्यक्रिया हुन्छ । उनले भने, “हामीले पहिलो चरणमा साताको एकदिन शल्यक्रियाको व्यवस्था मिलाएका छौँ, बिरामीको चाप र मागका आधारमा क्रमशः दैनिक शल्यक्रियाको व्यवस्था मिलाउने योजना बनाएका छौँ । ”
अस्पतालले दैनिक बहिरङ्ग सेवा (ओपिडी) र सातामा एकदिन विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । पञ्चकर्मअन्तर्गत (बमन, बिरेचन, वस्तिकर्म, नश्य कर्म र रक्तमोक्षण) पूर्व कर्मका विभिन्न सेवा अस्पतालले प्रदान गरिरहेको प्रमुख डा आचार्यले जानकारी दिए । उनका अनुसार अस्पतालको आफ्नै जडीबुटी उद्यान पनि छ ।
प्रमुख डा आचार्यले महिनावारी स्वच्छता, हातधुने अभ्यास, प्राथमिक उपचारसम्बन्धी अभिमुखिकरण, किट वितरण, कपडाको प्याड बनाउने अभ्यास, जनरल तथा आयुर्वेद मोबाइल हेल्थ शिविरलगायत सेवा सञ्चालन भइरहेका बताए । आगामी दिनमा प्रभावकारी र थप गुणस्तरीय सेवाका लागि योजनाबद्ध रूपमा काम गरिने उनले उल्लेख गरे ।
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया