‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक तथा शारीरिक क्षमता बढाउँदै
काठमाडौँ । बालबालिकाका लागि ‘स्वर्णविन्दु प्राशन’ प्रभावकारी बन्दै गएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले गरेको प्रारम्भिक अनुसन्धानमा ‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक विकास र रोगप्रतिरोधात्मक क्षमता बढाएको विभागका निमित्त महानिर्देशक डा श्यायबाबु यादवले जानकारी दिए ।
विभागले चितवन र दाङमा गरेको अध्ययनअनुसार यस विषयमा पढ्न रुचि र भोक तथा पाचन प्रणालीमा पनि सुधार गरेको बताए । एक वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाको बौद्धिक विकास, रोगव्याधिसँग लड्न क्षमता बढाउन र शारीरिक विकासका लागि सरकारले गत भदौ ५ गतेदेखि ‘स्वर्णविन्दु प्राशन’ अभियान थालेको हो ।
“अहिले विभागले देशभरिका २१ जिल्लाका २५ आयुर्वेदिक चिकित्सालयबाट ‘स्वर्णविन्दु प्राशन’ खुवाउन थालेको छ । ‘स्वर्णविन्दु प्राशन’ खाएपछि बालबालिका पटक पटक बिरामी हुन छाडेका छन् । पढ्न रुचि पनि बढेको छ,” विभागका डा सुशान्त भण्डारीले भने, “बालबालिकालाई खानपानमा पनि रुचि बढेको छ र उनीहरु फुर्तिलो समेत भएका छन् ।”
‘स्वर्णविन्दु प्राशन’ तीन घण्टाको समिश्रणबाट तयार पारिएको हुन्छ । स्वर्ग भष्म (सुनलाई आयुर्वेद पद्धतिबाट बनाइएको भष्म), घ्यू (वाह्मी घृत) र मह मिलाएर बनाउने गरिन्छ । स्वर्ण भष्म तीन मिलिग्राम, घ्यू दुई मिलिग्राम र मह एक मिलिग्राम मात्रा राखेर ‘स्वर्णविन्दु प्राशन’ तयार पार्ने गरिन्छ ।
विभागका निमित्त महानिर्देशक डा यादवले पहिले सबै जिल्लास्थित आयुर्वेद चिकित्सालयबाट ‘स्वर्णविन्दु प्राशन’ र त्यसपछि स्थानीय तहमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गर्ने बताए । एक वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई ३० महिना नियमित खुवाएपछि बौद्धिक विकास, रोगप्रतिरोधात्मक क्षमता वृद्धि र शारीरिक विकास हुन्छ ।
ताजा अपडेट
- सुदूरपश्चिम प्रदेशमा १ सय शय्याका ७ निजी अस्पताल संचालनमा
- ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा
- सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
- सशस्त्र प्रहरी बल कञ्चनपुरको स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित
- दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका
- बागलुङका सबै बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइने
- वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने
- गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया