आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन
चितवन । आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गरी दर्ताका लागि सिफारिसको तयारी गरेको छ । केन्द्रले गत आर्थिक वर्षदेखि औषधि उत्पादनको काम सुरु गरेको हो ।
गत आवमा १० प्रकारका औषधि सिफारिस गरेकामा यस वर्ष नौवटा सिफारिस गर्ने तयारी गरेको कार्यालयका प्रमुख डा सुरेश महर्जनले जानकारी दिए । उनका अनुसार गत वर्ष सिफारिस गरिएका सबै औषधि चुर्ण (धुलो) छन् । यस वर्ष आठ ‘ट्याबलेट’ र एक भष्म औषधि व्यवस्था विभागमा दर्ताका लागि सिफारिस गर्ने तयारी गरेको हो ।
गत वर्ष सिफारिस गरिएका औषधिमा अश्वगन्ध चुर्ण, आमलकी चुर्ण, सितोपलादी चुर्ण, अविपत्तिकर चुर्ण, बिल्वादी चुर्ण, हिङ्ग्वाष्टक चुर्ण, महासुदर्शन चुर्ण, पुस्यानुग चुर्ण, त्रिफला चुर्ण, निम्बादी चुर्ण छन् ।
यस वर्ष सिफारिस गर्न लागिएको औषधिमा खदिरादि बटी, गन्धक रसायन, महाशङ्ख बटी, चन्द्रप्रभा बटी, कैशोर गुग्गुलु, योगराज गुग्गुलु, महायोगराज गुग्गुलु, सर्पगन्धाघन बटी र टङ्कण भष्म छन् ।
बागमती प्रदेश सरकारको अनुमति र संघीय सरकारको मापदण्डमा रहेर औषधि उत्पादन गर्दै आइएको उहाँले जानकारी दिनुभयो । अहिले केन्द्रले २३ औषधि उत्पादनलाई प्रथामिकतामा राखेर काम गर्दै आएको छ । उनले भने, “हामीले प्रदेश सरकारबाट एक सय १९ औषधि उत्पादनका अनुमति पाइसकेका छौँ ।” तर अहिले सरकारले प्राथमिकतामा राखेका २३ औषधि उत्पादन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । सरकारले अत्यावश्यकभित्र राखेका औषधि उत्पादन गरेर निःशुल्क उपलव्ध गराउने तयारी गरिएको छ ।
सरकारले जारी गरेको कुशल औषधि उत्पादन अभ्यास निर्देशिका २०८२ अनुसार औषधि उत्पादन र सिफारिस गरिएको उनले बताए । बागमती प्रदेशभित्र रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि पुर्याउने गरी काम गरिएको उनले जानकारी दिए ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया