आयुर्वेद चिकित्साः फाइदा धेरै प्रचार थोरै

बागलुङ। बदलिँदो जीवनशैली, अस्वस्थकर खानपानलगायत कारणले स्वास्थ्य समस्या बढ्दै छन् । समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधासम्वन्न अस्पताल धाइरहेकै छन् ।
पछिल्लो समय भने आयुर्वेद चिकित्सातर्फ पनि चासो बढ्न थालेको छ । धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा उपचारका लागि आउने बिरामीको सङ्ख्याले यस्तै देखाउँछ ।
पछिल्लो तथ्याङ्कअनुसार आयुर्वेद उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमा ११ हजार ४५५ बिरामीले सेवा लिन आएकामा आर्थिक वर्ष २०८१/८२ मा उक्त सङ्ख्या बढेर १७ हजार ५४८ पुगेको धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा शरद् पन्थीले जानकारी दिए । उनका अनुसार अस्पताल र अन्य आयुर्वेद उपचार केन्द्रमा आएको बिरामीको सङ्ख्यालाई हेर्दा बर्सेनि बिरामीको सङ्ख्यामा वृद्धि भएको पाइएको र आयुर्वेद शिक्षा बढाउन आवश्यक रहेको छ ।
गत आर्थिक वर्षमा जिल्लाभर रहेका नौवटा आयुर्वेद सेवा केन्द्र र आयुर्वेद अस्पतालमा बिरामीको सङ्ख्या ३० हजार ४७८ रहेकामा आव २०८१/८२ मा ३६ हजार ४९५ पुगेको छ ।
आयुर्वेद शिक्षाका लागि नागरिक आरोग्य अभियान चलाइएको, आयुर्वेद अस्पतालमा तीन जना डाक्टरले सेवा दिइराखेको र आयुर्वेद औषधि उपचारमा नागरिकको भरोसा बढ्दै गएका कारण बिरामीको सङ्ख्यामा वृद्धि भएको पन्थीको भनाइ छ ।
“हामीले अपनाएको खानपान र जीवनशैलीले गर्दा धेरै रोगको निम्त्याइरहको छौँ । खानपान र जीवनशैलीमा सुधार ल्याउन सकेको खण्डमा आफूलाई स्वस्थ बनाउन सक्छौँ । शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्वको मात्रा हेरेर खानपान गर्न सकेमा स्वस्थ्य बलियो हुन्छ, आयुर्वेद उपचार पद्धति रोगको जरासम्म पुग्ने उपचार पद्धति रहेकाले नागरिकको भरोसा बढ्दै गएको छ ।”
गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख रमेश केसी पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले आयुर्वेदको मर्मअनुसार जीवनशैली अपनाउन आवश्यक रहेको बताउछन् । “सन् १९९० मा सर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढी थियो, पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ”, उनले भने, “स्वस्थ र अग्र्यानिक खानेकुरा खाने र नियमित शारीरिक व्यायामले नसर्ने रोगबाट बचाउन सकिन्छ । आयुर्वेदले यसका लागि सहयोगी भूमिका खेल्छ ।”
डा पन्थी बदलिँदो अवस्थाअनुसार विभिन्न रोगव्याधि बढ्दै गएका अवस्थामा आयुर्वेद उपचारको उपयोगिता बढ्दै गएका, तर प्रचारप्रसारको अभावमा अझै व्यापकता पाउन नसकेको बताउछन् । उनी भन्छन्,“आयुर्वेदको महत्त्व र फाइदा धेरै छ, तर यसको प्रयाप्त प्रचार हुनसकेको छैन । त्यसैले यसको उपयोगिताबारे व्यापक प्रचारको आवश्यकता छ ।”
ताजा अपडेट
- देशभरिका अस्पतालमा ३० जनाको मृत्यु र एक हजारबढी घाइते
- तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट
- स्वास्थ्य मन्त्री पौडेलले दिए राजिनामा
- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै
- काठमाडौँमा रगतको अभाव भएपछि ७१ पाउण्ड रगत झापाबाट पठाइयो
- ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो
- अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
- अपडेट :प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
तपाईको प्रतिक्रिया