Techie IT
  • सोमबार, असोज १९, २०८३ / Monday, October 5, 2026
गृहपृष्ठ ∕ प्रदेश ∕ मधेश ∕ निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित


पर्सा। पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरीस्थित धर्मशालामा सञ्चालित निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित भएका छन्।

आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मञ्चले सामुदायिक आँखा केन्द्रको सहयोगमा शिविर आयोजना गरेको हो।

मञ्चका अध्यक्ष वृजेश्वरप्रसाद चौधरीका अनुसार शिविरमा १८७ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मोतियाविन्दुको लक्षण देखिएका ६३ जनामध्ये ३४ जनालाई औषधि तथा आँखा ड्रप उपलब्ध गराइएको थियो।

मोतियाविन्दुको समस्या देखिएका बिरामीको यही असोज १९ गते सोमबार वीरगञ्जस्थित सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने मञ्चले जनाएको छ। शिविरमा डा। महेशसिंह घामीले आँखा परीक्षण गरेका थिए।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!