गर्भवती–सुत्केरीलाई निरन्तर पोषण सामग्री
कञ्चनपुर । गर्भवती–सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शुक्लाफाँटा नगरपालिका–३ ले निरन्तर रुपमा निःशुल्क पोषण सामग्री उपलव्ध गराउदै आएको छ । कार्यक्रम अन्तर्गत वडा कार्यालयले सुत्केरीलाई अण्डा, चना, साबुन, नून र रुमाल प्रदान गर्दै आएको छ ।
यी सामग्री सस्ता देखिए पनि यसको प्रभाव गहिरो र दीर्घकालीन रहेको पिपलाडी आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक (एचए) दिलबहादुर धामी बताउछन् । “चालु आर्थिक ववर्ष २०८१/८२ मा ३४ महिलालाई पोषण सामग्री प्रदान गरेका छौँ”, उनले भने, “सात वर्षको अवधिमा तीन सय ३० भन्दा बढी महिलालाई पोषण सामग्री उपलव्ध गराईसकेका छौँ ।”
चना र अण्डाले शारीरिक शक्ति, स्तनपानको गुणस्तर, रगतको मात्रा र आमा–शिशु दुवैको पोषण प्रभावकारी हुने गरेको पाइएको छ, भने साबुनले सरसफाइमा सजगता, सङ्क्रमणको जोखिम न्यूनीकरणमा टेवा पु¥याउने स्वास्थ्य सहायक धामी बताउनुहुन्छ । नूनले आवश्यक आयोडिन पूर्ति गर्ने कार्यसँगै थाइराइड जस्ता रोग रोकथामका लागि प्रभावकारी भूमिका खेल्छ । रुमाल शिशुको स्याहारमा उपयोगी हुन्छ ।
“सुत्केरी हुँदा पोषणयुक्त खाना खानुपर्छ भन्ने धेरै महिलालाई थाहा थिएन, वडा कार्यालयले पोषण सामग्री दिन थालेपछि मात्रै यस्तो सामग्रीको उपभोग गरे शिशु र आमाको स्वास्थ्य अवस्थालाई सुधार गर्न सकिन्छ, भन्ने बुझयौँं”, पोषण सामग्री लिनुभएकी सीतादेवी डगौराले भनिन्, “वडाको सानो सहयोगले चेतनाको ढोका खोल्ने काम गरेको छ ।”
साबुनले हात धुनुपर्छ, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ, नूनमा आयोडिन हुन्छ, रोगसँग लड्न सहयोग गर्छ भन्ने कुरा यस कार्यक्रमका माध्यमबाट सिक्न पाएको स्थानीय मञ्जु चौधरीले बताईन् । कार्यक्रम सञ्चालन भएपछि स्तनपानको गुणस्तरमा वृद्धि हुनुका साथै महिला र परिवारमा स्वास्थ्यप्रति चेतना वृद्धि, सुत्केरी महिलामा मनोबल र आत्मसम्मान बढनुका साथै सङ्क्रामक रोग सर्ने दरमा कमी आएको पाइएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया