सेती प्रादेशिक अस्पतालमा बिग्रिएको सिटी स्क्यान आपूर्तिकर्तालेनै मर्मत गर्दै
धनगढी । सेती प्रादेशिक अस्पतालमा विगत तीन सातादेखि बिग्रिएको सिटी स्क्यान मेसिन मर्मतका लागि आवश्यक सामग्री नेपाल आइपुगेको छ। मेसिन वारेन्टी अवधिमै रहेकाले आपूर्तिकर्ता कम्पनीले नै मर्मत गर्न लागेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार सिटी स्क्यान मेसिन मर्मतका लागि आवश्यक पार्टपुर्जा नेपाल आइपुगेपछि मर्मत प्रक्रिया अघि बढाइएको हो। वारेन्टी अवधिमा रहेकाले मर्मतको सम्पूर्ण जिम्मेवारी आपूर्तिकर्ता कम्पनीकै हुने अस्पतालले जनाएको छ।
मेसिन आपूर्ति गरेको म्याक्स मेडिकेयरका अनुसार सिटी स्क्यान मेसिनले वारेन्टीमा तोकिएको क्षमताभन्दा करिब तीन गुणा बढी काम गरिसकेको छ। कम्पनीका अनुसार अत्यधिक प्रयोगका कारण मेसिनमा समस्या आएको हो।
सिटी स्क्यान सेवा अवरुद्ध हुँदा सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई समस्या हुँदै आएको छ। मेसिन मर्मत भएपछि सेवा नियमित सञ्चालनमा आउने अस्पतालले जनाएको छ।
ताजा अपडेट
- स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य, EMR बाट प्राप्त विवरणलाई दाबी मान्यता
- विशेष अदालतबाट सफाइ पाएका लामिछाने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त
- निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित
- सेती प्रादेशिक अस्पतालमा बिग्रिएको सिटी स्क्यान आपूर्तिकर्तालेनै मर्मत गर्दै
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : स्वास्थ्य मन्त्रालयले अझै हस्तान्तरण गरेन शिक्षण अस्पताल
- महाकाली प्रादेशिक अस्पतालमा हप्तामा दुई दिन रातिको सिफ्टमा डायलाइसिस सेवा सञ्चालन हुने
- स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
- निजी स्वास्थ्य संस्थामा संयुक्त अनुगमन : २ संस्थालाई सेवा बन्द गर्न निर्देशन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया