निजी स्वास्थ्य संस्थामा संयुक्त अनुगमन : २ संस्थालाई सेवा बन्द गर्न निर्देशन
धनगढी । कैलालीको धनगढीमा सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरूको संयुक्त अनुगमनका क्रममा सेवा सञ्चालनको स्वीकृति नलिएका दुई संस्थालाई सेवा बन्द गर्न निर्देशन दिइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय कैलाली, जिल्ला प्रशासन कार्यालय कैलाली, उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी र औषधि व्यवस्था विभाग, नेपालगन्जको संयुक्त टोलीले धनगढीका विभिन्न निजी स्वास्थ्य संस्थामा अनुगमन गरेको हो।
अनुगमनका क्रममा धनगढी उपमहानगरपालिका–१ मा रहेको श्रिद्धि डाइग्नोस्टिक सेन्टर र सहिद गेटमा रहेको सन्तति आईभीएफ सेन्टरले सम्बन्धित निकायबाट सेवा सञ्चालनको स्वीकृति नलिएको पाइएको टोलीले जनाएको छ।
स्वीकृति नलिई स्वास्थ्य सेवा सञ्चालन गरेको पाइएपछि दुवै संस्थालाई तत्काल सेवा बन्द गर्न निर्देशन दिइएको हो।
अनुगमन टोलीले निजी स्वास्थ्य संस्थाहरूले प्रचलित कानुन तथा मापदण्डअनुसार आवश्यक अनुमति लिएर मात्रै सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।
ताजा अपडेट
- स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य, EMR बाट प्राप्त विवरणलाई दाबी मान्यता
- विशेष अदालतबाट सफाइ पाएका लामिछाने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त
- निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित
- सेती प्रादेशिक अस्पतालमा बिग्रिएको सिटी स्क्यान आपूर्तिकर्तालेनै मर्मत गर्दै
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : स्वास्थ्य मन्त्रालयले अझै हस्तान्तरण गरेन शिक्षण अस्पताल
- महाकाली प्रादेशिक अस्पतालमा हप्तामा दुई दिन रातिको सिफ्टमा डायलाइसिस सेवा सञ्चालन हुने
- स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
- निजी स्वास्थ्य संस्थामा संयुक्त अनुगमन : २ संस्थालाई सेवा बन्द गर्न निर्देशन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया