Techie IT
  • सोमबार, असोज १९, २०८३ / Monday, October 5, 2026
गृहपृष्ठ ∕ प्रदेश ∕ धनगढीका निजी स्वास्थ्य संस्थामा संयुक्त अनुगमन

धनगढीका निजी स्वास्थ्य संस्थामा संयुक्त अनुगमन


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरूको संयुक्त अनुगमन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय कैलाली, जिल्ला प्रशासन कार्यालय कैलाली, उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी र औषधि व्यवस्था विभाग, नेपालगन्जको टोलीले निजी स्वास्थ्य संस्थामा संयुक्त अनुगमन गरेको हो।

 अनुगमनका क्रममा स्वास्थ्य संस्थाले प्रचलित स्वास्थ्य मापदण्ड, सेवा सञ्चालनको अनुमति, औषधिको भण्डारण तथा बिक्री–वितरण, सेवा शुल्क, जनशक्ति र उपभोक्तालाई प्रदान गरिने स्वास्थ्य सेवाको अवस्थालगायत विषयमा निरीक्षण गरिएको जनाइएको छ।

स्वास्थ्य संस्थाहरूबाट नागरिकलाई गुणस्तरीय, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइने सम्बन्धित निकायले जनाएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!