शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन अनुमति र सिट निर्धारणका लागि आयोगको अनुगमन
कैलाली । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि अनुमति तथा विद्यार्थी सिट संख्या निर्धारण गर्न चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरिरहेको छ।
चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति, शिक्षण संस्था तथा शिक्षण अस्पतालको अवस्थालगायतका विषयमा आयोगको टोलीले स्थलगत अनुगमन गरिरहेको हो।

आयोगको टोलीले मंगलबार विश्वविद्यालय परिसर, शिक्षण संस्था तथा शिक्षण अस्पतालको अनुगमन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी विश्वविद्यालय र सुदूरपश्चिम प्रदेश सरकारबीच भएको सम्झौताअनुसार प्रदेश सरकार मातहत रहेको सेती प्रादेशिक अस्पतालमा समेत आयोगको टोलीले अनुगमन गर्नेछ।


गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भएसँगै सुदूरपश्चिममा चिकित्सा शिक्षा विस्तारको बाटो खुलेको भए पनि कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ। आयोगको अनुगमनलाई विश्वविद्यालयमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनतर्फको महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।

ताजा अपडेट
- स्वास्थ्य क्षेत्रमा मानव संसाधन सूचना प्रणाली कार्यान्वयनमा लैजाने तयारी
- स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य, EMR बाट प्राप्त विवरणलाई दाबी मान्यता
- विशेष अदालतबाट सफाइ पाएका लामिछाने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त
- निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित
- सेती प्रादेशिक अस्पतालमा बिग्रिएको सिटी स्क्यान आपूर्तिकर्तालेनै मर्मत गर्दै
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : स्वास्थ्य मन्त्रालयले अझै हस्तान्तरण गरेन शिक्षण अस्पताल
- महाकाली प्रादेशिक अस्पतालमा हप्तामा दुई दिन रातिको सिफ्टमा डायलाइसिस सेवा सञ्चालन हुने
- स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया