Techie IT
  • आईतबार, असोज ४, २०८३ / Sunday, September 20, 2026
गृहपृष्ठप्रदेशकोशीकन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान


झापा । कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले रु ३० लाख बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ । झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्ड मेसिन र बायो रेड डी मेसिन प्रदान गरिएको हो ।

सो उपकरण अध्यक्ष पोखरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गरेका छन् । काठमाडौँस्थित लिमिनल हेल्थकेयर प्रालिले समाजलाई उपलब्ध गराएको उपकरण आवश्यकताको पहिचान गरी कन्काइ नगरपालिकालाई हस्तान्तरण गरिएको अध्यक्ष पोखरेलले बताए ।

उपकरणका कारण अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सहज हुने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!