Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठप्रदेशभोटेकोशी पीडितलाई निसर्ग हस्पिटलको ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

भोटेकोशी पीडितलाई निसर्ग हस्पिटलको ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग


काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि निसर्ग हस्पिटलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

विपत्तिको यो कठिन समयमा तीज कार्यक्रमका लागि छुट्याइएको रकमसँगै कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूको कम्तीमा एक दिन बराबरको तलब र सुविधाबाट संकलित रकम राहतका लागि समर्पण गरिएको हो।

उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकको आधिकारिक खातामा जम्मा गरिएको अस्पतालका अध्यक्ष तीर्थ पन्तले बताए ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!