शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले गर्यो प्राध्यापक/सह–प्राध्यापकको नतिजा सार्वजनिक
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा (कैलाली) ले करार सेवामा प्राध्यापक/ सह –प्राध्यापक पदका लागि खुला प्रतिस्पर्धामार्फत शिक्षक छनोटको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
विश्वविद्यालयले २०८२ फागुन ८ गते प्रकाशित विज्ञापनअनुसार विभिन्न विषयका प्राध्यापक/ सह–प्राध्यापक पदका लागि छनोट प्रक्रिया सम्पन्न गरी योग्यता क्रमका आधारमा सफल उम्मेदवारहरूको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
विश्वविद्यालयका अनुसार अन्तिम नतिजामा नाम समावेश भएका उम्मेदवारहरूले २०८३ साउन २५ गतेभित्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पर्क गरी नियुक्तिसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
अन्तिम नतिजाअनुसार सफल उम्मेदवारहरूः
एनाटोमी – ईजु श्रेष्ठ (सह–प्राध्यापक)
फिजियोलोजी – डिल्लीबहादुर पुन (सह–प्राध्यापक)
माइक्रोबायोलोजी – चन्दनकुमार ठाकुर (सह–प्राध्यापक)
बायोकेमेस्ट्री – सरोज कुँवर (सह–प्राध्यापक)
फोरेन्सिक मेडिसिन – केशव श्रेष्ठ (प्राध्यापक)
फार्माकोलोजी – विजय अर्याल (प्राध्यापक)
नर्सिङ – सीग्मा भट्टराई (सह–प्राध्यापक)
इन्टरनल मेडिसिन – चिरञ्जीवी पन्त (प्राध्यापक)
ईएनटी – भुवनराज पाण्डेय (सह–प्राध्यापक)
प्रसूति तथा स्त्रीरोग (Obstetrics and Gynaecology) – रविन्द्र देव भट्ट (सह–प्राध्यापक)
जनरल सर्जरी – विवेक खम्बु (सह–प्राध्यापक)
एनेस्थेसियोलोजी – रोविन खापुङ (सह–प्राध्यापक)
डेन्टल सर्जरी – नशिव पाण्डेय (सह–प्राध्यापक)
बालरोग (पिडियाट्रिक्स) – विकास भण्डारी (सह–प्राध्यापक)
रेडियोलोजी – अशोकराज पन्त (सह–प्राध्यापक)
अर्थोपेडिक्स– शिवराज पनेरु (सह–प्राध्यापक)
अफ्थाल्मोलोजी – विक्रमबहादुर थापा (प्राध्यापक)
विश्वविद्यालयले सार्वजनिक गरेको नतिजा करार सेवामा शिक्षक नियुक्ति प्रक्रियाको अन्तिम चरणअन्तर्गत रहेको जनाएको छ ।
नियुक्तिसम्बन्धी थप जानकारी तथा आवश्यक औपचारिकता पूरा गर्न सम्बन्धित उम्मेदवारहरूलाई तोकिएको समयभित्र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया