बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प
चितवन । बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ ।
प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिए।
गत वर्ष रु एक करोड ३५ लाख केमिकल खरिदका लागि विनियोजन भएको रकममा रु २० लाख अपुग भएकाले प्रयोगशाला बन्द भएको उनले बताए ।
कार्यालयका सूचना अधिकारी रमेश डोवालले सेवा सञ्चालन नहुने भएपछि प्रायः न्यून सङ्ख्यामा मात्र बिराम आउने गरेको जानकारी दिए । यसअघि उनले भने ।
आर्थिक वर्ष २०८३÷८४ का लागि रु एक करोड पाँच लाख बजेट विनियोजन भएको छ । सो रकमबाट गत सालको तिर्न बाँकी रकम भुक्तानी गरी मधुमेह, सिबिसी, युरिकएसिड र पिसाबका अत्यावश्यक परीक्षण मात्र गरिने भएको छ ।
बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुरमा उच्च गुणस्तरको सरकारी प्रयोगशाला आवश्यक रहेको जिकिर गरे । यस कार्यालयले गत आवमा रु दुई करोड हाराहारी राजस्व सङ्कलन गरेको थियो ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया