शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयः चौथौ सिनेट बैठकले नै स्वीकृत गरेको थियो ३ सय शैय्याको दरबन्दी
काठमाडौ । कैलालीको गेटामा रहेको शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ३ सय शैय्याको शिक्षण अस्पताल सञ्चालनका लागि यसअघि नै दरबन्दी स्वीकृत भइसकेको छ ।
गत चैत २४ गते बसेको चौथौ सिनेट बैठकले विश्वविद्यालयसँगै शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरेको हो ।
जसमा शिक्षण अस्पताल सञ्चालन, स्वास्थ्य सेवा सञ्चालन सम्बन्धि व्यवस्था, स्वास्थ्य सेवा सञ्चालनको अनुमति प्रक्रिया, अस्पताल सम्बन्धि मापदण्ड, अस्पताल मानव शंसाधन व्यवस्थापन र औजार उपकरणसँगै सेवा सम्बन्धि सम्पूर्ण कानुनी प्रक्रिया पूरा भएको थियो ।
यो सँगै नेपाल सरकारको गत असार २४ बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरिरहेको गेटा अस्पताललाई शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन स्वीकृत दिएको थियो । अहिले स्वास्थ्य तथा
खाद्य स्वच्छता मन्त्रालयले गेटा अस्पताललाई विश्वविद्यालयमा हस्तान्तरण गर्न परिपत्र जारी गरिरहेको छ ।
यी सबै प्रक्रिया सुरु भइसकेको अवस्थामा चिकित्सा शिक्षा सुधारमा नाममा अनशन बस्ने डा. गोविन्द केसीले यही मागलाई उठाएर गेटाको विश्वविद्यालयलाई बिथोल्ने काम गरिरहेका छन् ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया