क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
नेपालगन्ज । बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ ।
जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए । बीस किलोलिटर क्षमता भएको प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालनमा ल्याइएको हो । अस्पतालको आफ्नै प्लान्ट सञ्चालनमा आएसँगै हरेक दिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हटेको उनले बताए।
उनले भने, “अब यो प्लान्ट सुरु भएसँगै स्टोर गरेर पनि राख्न सकिन्छ ।” केमो वार्डमा नै छुट्टै फार्मेसी सञ्चालन गर्नेदेखि एउटै भवनबाट रेडियोलोजी र प्रयोगशालाको डायगोनोसिस सेवा समेत सञ्चालनमा आएको डा भट्टराईको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयको समन्वय र युएसएडको आर्थिक अनुदानमा खजुरा क्यान्सर अस्पतालमा उक्त अक्सिजन प्लान्ट जडान भएको थियो । कार्यकारी निर्देशक भट्टराईले लायन्स क्लबको समन्वयमा छिट्टै बिरामी कुरुवा घर सञ्चालनमा ल्याउन लागिएको उल्लेख गरे।
धार्मिक अनुष्ठानबाट जनस्तरमा निर्माण भएको सो अस्पताल २०७२ सालमा सङ्घीय सरकारलाई हस्तान्तरण गरिएको थियो । सङ्घीय सरकारले पूर्ण स्वामित्व लिए पनि हालसम्म अस्पतालको दरबन्दी स्वीकृत नहुँदा अस्थायी, करार र ज्यालादारी स्वास्थ्यकर्मीबाट अस्पताल सञ्चालन हुँदै आएको छ । अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीलाई सेवा दिँदै आएको छ । सो अस्पताल नेपालगञ्ज बजारबाट करिब १० किलोमिटर पश्चिम दूरीमा पर्छ ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया