सुदूरपश्चिममै पहिलो पटक विशिष्टीकृत प्रयोगशाला सेवा, धनगढीको नमुना संकलन केन्द्रमा बिरामीको आकर्षण बढ्दो
धनगढी । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा पहिलो पटक सरकारी स्तरबाट विशिष्टीकृत प्रयोगशाला सेवा सञ्चालनमा आएपछि धनगढीस्थित नमुना संकलन केन्द्रमा सेवाग्राहीको आकर्षण उल्लेख्य रूपमा बढ्न थालेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढी कैलालीले सेवाग्राहीको सहज पहुँच र सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालय कैलालीको भवनमा नमुना संकलन केन्द्र (स्याम्पल कलेक्सन सेन्टर) सञ्चालन गरेपछि जटिल प्रकृतिका परीक्षण गराउने बिरामीहरूको संख्या बढ्दै गएको हो ।
सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सरकारी तहबाट अत्यन्तै सुलभ शुल्कमा जटिल तथा विशिष्टीकृत स्वास्थ्य परीक्षण सेवा उपलब्ध हुन थालेपछि यो केन्द्र सर्वसाधारणको भरोसायोग्य गन्तव्य बन्न थालेको छ। यसअघि निजी अस्पताल तथा महँगा प्रयोगशालामा हजारौँ रुपैयाँ खर्च गर्नुपर्ने परीक्षण अब सरकारी सेवामार्फत सहज र कम शुल्कमा उपलब्ध हुन थालेको छ ।

प्रयोगशालाले हाल अत्याधुनिक प्रविधिमा आधारित विभिन्न विशिष्टीकृत परीक्षण सञ्चालन गरिरहेको छ । जसअन्तर्गत एचसीभी भाइरल लोडमार्फत हेपाटाइटिस ‘सी’ भाइरसको मात्रा पत्ता लगाउने, एचबीभी भाइरल लोडबाट हेपाटाइटिस ‘बी’ भाइरसको अवस्था परीक्षण गर्ने, एचएलए–बी२७ मार्फत बाथरोग तथा मेरुदण्ड सम्बन्धी समस्या पहिचान गर्ने सेवा उपलब्ध छ ।
त्यसैगरी एचपीभी डीएनए परीक्षणबाट पाठेघरको मुखको क्यान्सरको जोखिम पहिचान गर्न सकिने तथा एचबी इलेक्ट्रोफोरेसिसमार्फत थालासेमियालगायत रगतसम्बन्धी जन्मजात रोग पहिचान गरिने प्रयोगशालाले जनाएको छ ।
यसअघि यस्ता विशिष्टीकृत परीक्षणका लागि सुदूरपश्चिमका बिरामीहरूलाई काठमाडौं वा छिमेकी मुलुक भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता थियो ।
तर, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्य कार्यालय कैलालीको कोभिड अस्पताल पछाडि रहेकोस्वास्थ्य कार्यालय कैलालीको भवनको कोठा नम्बर १२ मा नमुना संकलन केन्द्र सञ्चालनमा ल्याएपछि बिरामीहरूलाई समय, खर्च र झन्झटबाट राहत पुगेको छ ।
सुलभ शुल्क, सहज पहुँच र प्रदेशमै पहिलो पटक उपलब्ध भएको विशिष्टीकृत सेवाका कारण धनगढीको उक्त केन्द्रमा बिरामीको आकर्षण दिनप्रतिदिन बढ्दै गएको सरोकारवालाहरू बताउँछन् ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया