लक्षित वर्ग निःशुल्क उपचार कार्यविधि कार्यान्वयनमा, १० प्रतिशत बेड विपन्नका लागि छुट्याइने
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मौलिक हक कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई लक्षित गर्दै अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत बेड निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था लागू गरेको छ । मन्त्रालयले ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको हो ।
कार्यविधि कार्यान्वयनसँगै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले यसको प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य निर्देशनालयमार्फत प्रदेशभित्रका स्वास्थ्य संस्थालाई परिपत्रसमेत गरेको छ । परिपत्रमा प्रदेशका सबै स्वास्थ्य संस्थामा कार्यविधि लागू गराई नियमित अनुगमन तथा सहजीकरण गर्न निर्देशन दिइएको उल्लेख छ ।
सरकारले ल्याएको उक्त कार्यविधिअनुसार सरकारी, गैरसरकारी, सामुदायिक, निजी, सहकारी तथा गैरनाफामूलक अस्पतालहरूमा निःशुल्क उपचार सेवा लागू हुनेछ । कार्यविधिमा निःशुल्क शैय्यामा भर्ना भएका बिरामीलाई शुल्क तिरेर उपचार गराइरहेका बिरामीसरह कुनै भेदभाव नगरी सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
यस्ता बिरामीलाई शैय्या, चिकित्सक परामर्श, शल्यक्रिया, परीक्षण तथा उपचारका लागि आवश्यक औषधिलगायत कुनै पनि सेवामा शुल्क लिन नपाइने स्पष्ट उल्लेख गरिएको छ । यस व्यवस्थाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने विपन्न तथा असहाय नागरिकलाई सहज स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्ने विश्वास गरिएको छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया