मन्त्री रानाको पहिलो निर्णयः चिकित्सकका लागि आधारभूत अल्ट्रासाउन्ड तालिमको पाठ्यक्रम स्वीकृत
धनगढी । सुदूरपश्चिम प्रदेशका नव नियुक्त सामाजिक विकास मन्त्री बेलबहादुर रानाले पदभार ग्रहणसँगै स्वास्थ्य सेवा सुधारसँग जोडिएको पहिलो निर्णय गरेका छन् । मन्त्री रानाले चिकित्सकका लागि आधारभूत अल्ट्रासाउन्ड तालिमको पाठ्यक्रम स्वीकृत गर्ने निर्णय गरेका हुन् । सोमबार शपथ ग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री रानाले उक्त निर्णय गरेका हुन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कार्यरत मेडिकल अधिकृत तथा आयुर्वेद चिकित्सकलाई आधारभूत अल्ट्रासाउन्ड सेवा सम्बन्धी तालिम प्रदान गर्न आवश्यक पाठ्यक्रम स्वीकृत गरिएको हो । मन्त्रालयले यस निर्णयले प्रदेशका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकको क्षमता अभिवृद्धि हुने र दुर्गम क्षेत्रसम्म आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारमा सहयोग पुग्ने विश्वास लिएको छ ।
विशेषगरी गर्भवती महिलाको स्वास्थ्य परीक्षण, पेट तथा अन्य सामान्य स्वास्थ्य समस्याको प्रारम्भिक परीक्षणमा अल्ट्रासाउन्ड सेवाको प्रभावकारी उपयोग बढ्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिममा स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्ति अभाव रहेको अवस्थामा चिकित्सकलाई अतिरिक्त सीपयुक्त बनाउने उद्देश्यसहित यो कार्यक्रम अघि बढाइएको मन्त्रालयको भनाइ छ ।
तालिम सञ्चालनपछि प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थाबाट सेवाग्राहीले स्थानीय स्तरमै सहज र छिटो सेवा पाउने अपेक्षा गरिएको छ । प्रदेश सरकारमा मन्त्री हेरफेरपछि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका रानाको यो निर्णयलाई स्वास्थ्य क्षेत्र सुधारतर्फको सुरुवाती कदमका रूपमा हेरिएको छ ।
ताजा अपडेट
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया