नौ महिनामा एक हजारभन्दा बढीको शल्यक्रिया
बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा विशेषज्ञ सेवा विस्तारसँगै बिरामीको चाप उल्लेख्य रूपमा बढ्दै गएको छ। अञ्चल अस्पताललाई गण्डकी प्रदेश सरकारले स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाएपछि यहाँ उपचारका लागि आउने बिरामीको संख्या निरन्तर बढिरहेको हो।
अस्पतालले अहिले चौबिसै घण्टा आकस्मिक सेवा, साना–ठूला शल्यक्रिया तथा विभिन्न विशेषज्ञ सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। पहिले सामान्य शल्यक्रियाका लागि समेत पोखरा जानुपर्ने बाध्यता रहेकामा अहिले जटिल शल्यक्रिया समेत यहीँ गर्न सकिने अवस्था बनेको अस्पतालले जनाएको छ।अस्पतालका मेडिकल रेकर्डर नवराज पौडेलका अनुसार गत साउनदेखि हालसम्म १ हजार ४३ जनाको शल्यक्रिया गरिएको छ। तीमध्ये १०० जनाको हाडजोर्नीसम्बन्धी प्रमुख अपरेशन गरिएको छ भने १९ जना आङ खसेका महिलाको शल्यक्रिया गरिएको छ।
त्यस्तै, १८ जनाको पित्तथैली, ३५ जनाको एपेन्डिक्स, ३५ जनाको हर्निया र ५ जनाको हाइड्रोसिलको शल्यक्रिया गरिएको छ। मिनिल्याप विधिबाट २५ जनाको शल्यक्रिया, २ जनाको भ्यासेक्टोमी, १७९ जना गर्भवती सम्बन्धी तथा ३ जना इक्टोपिक केसको शल्यक्रिया गरिएको पनि अस्पतालले जनाएको छ।
यस अवधिमा २०९ वटा जनरल सर्जरी, १२० वटा हाडजोर्नीसम्बन्धी मध्यम तथा साना शल्यक्रिया र ३९७ वटा विभिन्न रोगका सामान्य शल्यक्रिया गरिएको पौडेलले जानकारी दिए। त्यसमध्ये १०३ जना बिरामीको दुरबिन प्रविधिबाट शल्यक्रिया गरिएको छ। अस्पतालप्रति बिरामीको विश्वास बढेसँगै उपचारका लागि आउनेको चाप पनि उल्लेख्य रूपमा वृद्धि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारीले बताएका छन्।
ताजा अपडेट
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया