मेरिट प्रणालीमा स्वास्थ्य संस्थाको नेतृत्व चयन गर्ने सरकारको स्पष्ट सन्देश
काठमाडौं । सरकारले देशका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल तथा स्वास्थ्यसम्बन्धी बोर्डहरूको नेतृत्व अब पूर्ण रूपमा योग्यता र प्रतिस्पर्धाका आधारमा चयन गर्ने स्पष्ट नीति सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत सक्षम र योग्य व्यक्तिलाई मात्रै नेतृत्वमा नियुक्त गरिने जनाएको हो ।
हालै जारी गरिएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्थाको अध्यादेशपछि विभिन्न स्वास्थ्य संस्थाहरू नेतृत्वविहीन बनेका थिए । यसले उपचार सेवा, प्रशासनिक काम तथा दैनिक सेवा प्रवाह प्रभावित हुन सक्ने अवस्था देखिएपछि मन्त्रालयले तत्कालका लागि निमित्त प्रमुख नियुक्त गरेको स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार यी नियुक्ति स्थायी नभई केवल सेवा सञ्चालन निरन्तर राख्न गरिएको अल्पकालीन व्यवस्था हो । सरकार स्वास्थ्य क्षेत्रमा सुधार, पारदर्शिता र सुशासन कायम गर्न प्रतिबद्ध रहेको भन्दै अब नेतृत्व चयन पूर्ण रूपमा मेरिट सिस्टममा आधारित हुने जनाएको छ ।
मन्त्रालयले छिट्टै खुला प्रतिस्पर्धा आह्वान गरी पूर्णकालीन पदाधिकारी नियुक्त गर्ने तयारी भइरहेको पनि जानकारी दिएको छ ।
निमित्त जिम्मेवारी पाएका पदाधिकारीहरू
बिर अस्पताल — प्रा. डा. प्रभा कोईराला
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान — प्रा.डा. समिता पन्त
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान — डा. नरेन्द्र विक्रम गुरुङ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान — सह–प्रा.डा. विनम्र विष्ट
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान — सह–प्रा.डा. इन्द्र लिम्बु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान — सह–प्रा.डा. सुरेश रसाइली
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल — डा. उमेश नेपाल
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र — सह–प्रा.डा. रविन्द्रभक्त तिमला
स्वास्थ्य बिमा बोर्ड — शकुन्तला प्रजापति
स्वास्थ्य मन्त्रालयको यो कदमलाई स्वास्थ्य क्षेत्रमा पारदर्शी नेतृत्व चयन, संस्थागत सुधार र सेवा प्रभावकारिता बढाउने दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया