धनगढी उपमहानगरपालिका : विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमबाट २७ हजार बढी लाभान्वित
धनगढी । कैलालीस्थित धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक कार्यक्रमबाट २७ हजार ८३९ बिरामीले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्ष २०८२र८३ को साउनदेखि चैत मसान्तसम्ममा २७ हजार ८३९ बिरामी प्रत्यक्ष लाभान्वित भएका हुन् ।
ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरिएको उक्त कार्यक्रमबाट सो अवधिमा २० हजार ८७५ महिला र छ हजार ९६४ जना पुरुषले निःशुल्क विशेषज्ञ सेवा लिएका कार्यक्रमका स्रोतव्यक्ति कृष्ण बोहराले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रमका लागि एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सकका साथै गेटा आँखा अस्पताल तथा धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञबाट निःशुल्क सेवा प्रदान गरिएको हो । सो अवधिमा १६ हजार ९०० जनाले जनरल फिजिसियनबाट, तीन हजार ७१५ महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र सात हजार २२४ जनाले आँखारोगसम्बन्धी सेवा लिएका छन् ।
उनका अनुसार क्लिनिकमा १८ हजार १६ जनाले प्रयोगशाला सेवा, तीन हजार ८७ जनाले इसिजी सेवा, तीन हजार ४९८ गर्भवतीले सेवा लिएकामा एक हजार ३०६ जनाले अल्ट्रासाउन्ड सेवा लिएका छन् । यस्तै ७० वर्षभन्दा माथिका छ हजार ४६२ जनाले सेवा लिएका छन् ।
विसं २०७९ को साउनबाट सुरु गरिएको सो कार्यक्रम हरेक महिना १९ वटै वडामा सञ्चालन गर्ने गरिएको उनले बताए । आव २०८१÷८२ मा उक्त कार्यक्रमबाट ३३ हजार १४१ महिला र ११ हजार ३१० पुरुष गरी ४४ हजार ४५१ जनाले सेवा लिएका उपमहानगरपालिकाले जनाएको छ ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया