विषादी प्रयोगमा सावधानी नअपनाउँदा क्यान्सर र मिर्गौला रोगी बढ्दै
पाटन (ललितपुर) । तरकारी उत्पादनका समयमा गरिने तरकारीमा हुने अत्यधिक विषादी प्रयोगमा सावधानी नअपनाउँदा क्यान्सर र मिर्गौला रोगी बढ्दै गएको भन्दै सरोकारवालाले सचेतता जगाउनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले आईतबार आयोजना गरेको पोषण प्रवद्र्धनअन्तर्गत विषादी न्यूनीकरणसम्बन्धी समन्वयात्मक बैठकमा धारणा राख्नुहुँदै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले तरकारी उत्पादनका समयमा विषादी प्रयोग गर्दा सचेत नहुँदा क्यान्सर, मिर्गौलालगायतका रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले प्रभावकारी रुपमा सचेतना जगाउनु आवश्यक रहेकामा जोड दिए ।
“विषादी प्रयोगमा सचेत नहुँदा हरेक जटिल किसिमका रोगको समस्या भएका धेरै बिरामीका लागि सिफारिस गर्नुपरेको छ, यसको प्रमुख कारण विषादीको अत्यधिक प्रयोग हो, त्यसको असरबाट बच्ने उपाय थाहा नहुँदा समस्या परेको छ”, उनले भने ।
डा गेलालले पोषण प्रवद्र्धनअन्तर्गत विषादी न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रमा परिणाममुखी कार्यका लागि ध्यान दिनुपर्ने भन्दै यसका लागि स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ भने । “उत्पादन बढाउन विषादी प्रयोग गर्नुस्, तर विषादीको प्रयोग र उत्पादित तरकारीको उपयोगमा सुरक्षित हुनुस् भनेर सचेतता जगाउनु आवश्यक छ, विषादीको असर न्यूनीकरण भएपछि मात्रै तरकारीउपयोग गर्नुस् भनेर सचेतना जगाउन ध्यान दिनुपर्छ”,उनले भने ।
सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा घिमिरे ढुङ्गेलले धेरै सचेतना जगाउनुपर्ने अवस्था छ भन्दै कृषक, उपभोक्ता र व्यवसायीबीच समन्वय तथा सचेतना जगाउन स्थानीय तहलाई नै बढी ध्यान दिनुपर्छ भन्नेमा जोड दिए ।
“जिल्ला प्रशासन कार्यालयले धेरै विषयमा ध्यान दिनुपर्ने हुँदा प्रभावकारी काम हुन सकिरहेको छैन, विषादीका बारेमा कोरोना महामारीका समयमा नागरिकलाई अलि सचेत गराउन सकिएको थियो, सचेतना जगाउन सबै सरोकारवाला कार्यालयले संयुक्तरूपमा काम गर्नुपर्ने अवस्था छ”, उनले भने ।
सहायक प्रजिअ घिमिरेले विषादीको उपयोग अनुगमनको पक्षलाई बलियो बनाउन स्थानीय तहसँग मिलेर काम गर्नुपर्नेमा जोड दिँदै भोलिको पुस्तालाई सचेत गराउन विद्यालय तहमा गएर सचेतना जगाउन आवश्यक छ भने । उनले पूर्वाधार, परीक्षण प्रयोगशाला र शिक्षाका लागि काम गर्न स्थानीय तहलाई नै प्रभावकारी बनाउनुपर्छ भने ।
पोषण प्रवद्र्धन तथा कृषि क्षेत्रमा विषादीको न्यूनीकरणका उपायका बारेमा प्रस्तुतीकरण गर्नुहुँदै कृषि विकास कार्यालय ललितपुरका बाली संरक्षण अधिकृत रितिक्षा पौडेलले विषादीको उपयोग खतरा भएको बताउँदै बीउको उपचार र कीटनाशक कार्यका लागि प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुँदा अत्यन्तै सचेत हुनुपर्नेमा जोड दिए ।
“नेपालमा १९९० को दशकदेखि नै विषादी उपयोग हुँदै आएको थियो, तराई र उपत्यकामा धेरै विषादी उपयोग हुँदै आएको छ, तरकारी बालीमा धेरै विषादी प्रयोग हुने गरेको तथ्याङ्क छ, नेपाल विश्वमा कम विषादी प्रयोग गर्ने देश भए पनि सुरक्षित प्रयोगमा ध्यान नदिँदा त्यसको असर बढी पर्ने गरेको छ”, उनले भने ।
नेपालमा शुन्य दशमलव ३९६ किलोग्राम प्रतिहेक्टर विषादी प्रयोग हुने गरेको जानकारी गराउँदै बाली संरक्षण अधिकृत पौडेलले विषादीलाई औषधिका रुपमा परिभाषित गर्दै प्रयोग गर्ने कार्यले समस्या सिर्जना भएको बताए ।
विषादी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष गणेश बानियाँले स्थानीय तहको प्राविधिक जनशक्तिले किसानसम्म पुगेर सचेतना जगाउने कार्यमा ध्यान दिनुपर्ने बताउँदै किसानलाई आइपिएम खेती पद्धतिलाई प्रोत्साहन गर्न जोड दिनुपर्ने धारणा राखे ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया