बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण पुष्टि
बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो ।
भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १० वर्षीय विकास महरा दाजुभाइको ज्यान गएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेको थियो ।
पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार १० जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षण गरिएकामा मौसमी फ्लु‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको हो । यो रोग सामान्य भए तापनि विशेषगरी बालबालिका र वृद्धमा छिटो सर्ने स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए ।
पाँच वर्षमुनिका बालबालिका, गर्भवती तथा ६५ वर्षमाथिका दम, मुटु मधुमेह दीर्घरोगीले विशेष ख्याल गर्नुपर्ने उनले बताए । महरागाउँका एकैघरका दुई दाजुभाइको मृत्यु हुनुका साथै गाउँमा मौसमी ज्वरो ‘इन्फ्लुएञ्जा बी’ प्रकोप देखिएको थियो ।
त्यसलगत्तै उक्त क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटिएर स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरेको थियो ।
साबुन पानीले हात धुने, भीडबाट टाढा बस्ने खोक्दा/हाछ्युँ मुख छोप्नेलगायत आवश्यक स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकहरुर्मीले आग्रह गरेका छन् ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया