Techie IT
  • बुधबार, भदौ ३१, २०८३ / Wednesday, September 16, 2026
गृहपृष्ठप्रदेशबैतडीको शिवनाथ गाउपालिकामा १०शैय्याको अस्पताल भवन धमाधम निर्माण हुँदै

बैतडीको शिवनाथ गाउपालिकामा १०शैय्याको अस्पताल भवन धमाधम निर्माण हुँदै


बैतडी। बैतडीको शिवनाथ गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन धमाधम निर्माण भइरहेको छ । गाउँपालिका–६ सुल्लेखानमा निर्माणाधीन भवनको ५० प्रतिशत काम पूरा भएको छ ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार सङ्घीय सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजनाअनुसार रु नौ करोडको लागतमा शिवनाथमा भवन निर्माण भएको हो । उनले भने, “अस्पताल निर्माणपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने छ । ” अस्पतालमा दुई जना एमबिबीएस चिकित्सकसहित २२ जना कर्मचारीको दरबन्दी छ ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!