बालविवाहले सामाजिक विकास र स्वास्थ्यमा चुनौती
म्याग्दी । म्याग्दीमा २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या करिब १४ प्रतिशत छ ।
बालविवाहका कारण शारीरिक र मानसिक रूपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका हुन् ।
स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका एक हजार ३८४ जनामध्ये १३ दशमलव ७२ प्रतिशत २० वर्ष मुनिका छन् ।
कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले गत आवमा २० वर्ष मुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ रहेको जानकारी दिए ।
बीस वर्ष माथिका ५२८ जना सुत्केरी भएका र ६६६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका सूचना अधिकारी सुवेदीले बताए ।
आव २०८०/८१ मा म्याग्दीमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिने एक हजार ४६५ जनामध्ये २० वर्ष मुनिको सङ्ख्या १० दशमलव शून्य सात प्रतिशत थियो । बीस वर्ष मुनिका १३२ जना र २० वर्ष पुगेका ५९७ जना सुत्केरी भएका थिए ।
अघिल्लो वर्ष गर्भपतन गराउने २० वर्ष मुनिकाको सङ्ख्या ३३ जना थियो भने २० वर्ष बढीका ८६८ जना थिए । विसं २०६८ को जनगणनाअनुसार म्याग्दीमा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ जना छ ।
जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनको प्रयोग गर्ने स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले समाजमा शैली फेरिए पनि बालविवाह कायम रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताए । बालविवाह, असुरक्षित र अनिच्छुक गर्भधारणका प्रमुख कारण समस्या हुने गएको उनको भनाइ छ ।
रेग्मीले भने “गरिबी, अभिभावकको निगरानी नहुने, असल अभिभावकत्व र संरक्षण नपाउने, भावनात्मक परिबन्धमा परेर किशोरी बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छन् ।”
शारिरिक तथा मानसिक रूपमा परिपक्क नभएका किशोरी, युवती आमा र गर्भवती हुँदा उच्च शिक्षा, रोजगारीको अवसरबाट बञ्चित हुने र सामाजिक रूपमा पछि गर्ने गरेका उपप्रध्यापक रेग्मीले बताए ।
बीस वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने, विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवासुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ ।
उमेर नपुगी विवाह गरेका दम्पतीले जिम्मेवारी पूरा गर्न नसक्ने र पारिवारिक विचलन आउने गरेको छ । पारिवारिक विचलनका कारण सम्बन्धविच्छेद बढेको छ । जिल्ला अदालतमा आव २०८१/०८२ मा दर्ता भएका ५७२ मध्ये ३३३ वटा सम्बन्धविच्छेदका मुद्दा रहेका स्रेस्तेदार भोलाराज रेग्मीले बताए ।
पछिल्ला केही वर्षयता म्याग्दी अदालतमा दर्ता हुने आधाभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका हुने उनले बताए । अदालत र प्रहरीमा बालविवाहसम्बन्धी मुद्दाको सङ्ख्या भने शून्य छ ।
प्रादेशिक अस्पताल बेनीका प्रमुख डा रविरञ्जन प्रधानले परिवार नियोजनका साधनको प्रयोग कम हुनु, सुत्केरी हुनेभन्दा गर्भपतन गराउनेको सङ्ख्या बढी र २० वर्षभन्दा कम उमेर समूहका सुत्केरी र गर्भपतन गराउनेको सङ्ख्या बढ्नुले मातृशिशु प्रजनन स्वास्थ्यमा चुनौती थपेको बताए । चौध/पन्ध्र वर्षका किशोरीसमेत आमा बनेका उनले जानकारी दिए।
“सुरक्षित गर्भपतन सेवाको पहुँचसँगै सेवा लिने बढ्नुलाई सकारात्मक मानिए पनि धेरैपटक गर्भपतन गराउँदा स्वास्थ्यलाई राम्रो गर्दैन”, उनले भने, “शारीरिक र मानसिक रूपमा सक्षम भइनसकेका किशोरी आमा बन्दा उनीहरूको प्रजनन स्वास्थ्यमा जोखिम हुन्छ ।”
बालविवाह न्यूनीकरणका लागि राज्यका निकायले जिम्मेवार भएर सचेतनामूलक अभियान चलाउने, अभिभावकले सन्तानप्रतिको जिम्मेवारी निभाउने र स्वयं किशोरी तथा युवती सचेत हुने, मेलाजात्रालाई नियमन गर्नुपर्ने उपप्रध्यापक रेग्मीको भनाइ छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया