कञ्चनपुरको लालझाडीमा स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन
कञ्चनपुर । लालझाडी गाउँपालिकामा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ सञ्चालन गरिएको छ । लक्षित वर्गलाई प्राथमिकतामा राखेर स्वास्थ्योपचार सेवा सञ्चालन गरिएको हो ।
महिला, अपाङ्गता भएका व्यक्ति, स्वास्थ्यको पहुँचबाट बाहिर रहेका समुदाय, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध गराउने कार्यका लागि स्वास्थ्यकर्मीलाई खटाइएको छ । स्वास्थ्यकर्मीको टोलीले वडा वडामा घर दैलोमै पुगेर सेवा प्रदान गर्ने कार्य गरिरहेको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए ।
“नसर्ने रोग चुनौतीका रुपमा रहेका छन्”, उनले भने, “समयमै पहिचान नहुँदा जटिलता पैदा गर्ने हुन्छन, त्यसैले स्वास्थ्यकर्मीले ती रोगको पहिचान गरी उपचारका लागि परामर्श दिने छन् ।” उच्च रक्तचाप, मधुमेह, क्यान्सर लगायतका रोगका बिरामीको खोज पड्ताल गरी उपचार योजना बनाइ उपचारका लागि पहल गरिने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताए ।
कार्यक्रमबाट आर्थिक रुपमा विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ता भएका व्यक्ति बढी लाभान्वित हुँदै आएकोे उउनले बताए । गाउँपालिकाले ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ तीन वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया